रमझमशनिबार, बैशाख १४, २०७०

बन्दिपुरमा ट्रान्सपार्टी, लागुपदार्थको प्रयोगको आशंका

हिमालखबर

बन्दिपुरमा भैरहेको म्युजिक फेष्टिभल नाम दिइएको ‘ट्रान्सपार्टी’ मा सहभागी विभिन्न देशका नागरिकहरुले लागुपदार्थको प्रयोग गरिरहेको आरोप लागेका बेला एक किलो चरेससहित तनहुँको डुम्रे प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

१३ बैशाख राति पौने एघार बजे तनहुँको पर्यटकीय नगरी बन्दिपुर जाने नाका स्याउली बजारमा मादक पदार्थ सेवन गरेर बसिरहेका दुई युवालाई सोधपुछ गर्दा उनीहरुको साथबाट एक किलो प्रतिबन्धित चरेस फेला पारिएको डुम्रेका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए ।

उनीहरु बन्दिपुरमा शुक्रबारबाट शुरु म्युजिक फेष्टिभल कार्यक्रममा सहभागी हुन जान लागेका थिए ।

पक्राउ पर्नेहरुमा दोलखा भिमेश्वर ७ बस्ने ३० बर्षका लोकेश घिमिरे र लमजुङ उदीपुर ५ बस्ने २९ बर्षका सुनिल त्रिपाठी छन्् । उनीहरु दुवै काठमाडौंबाट स्कुटरमा बन्दिपुर जान लागेको प्रहरीले जनाएको छ ।

बरामद चरेस र दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

दुवै बन्दिपुरमा जान लागेको बताएकाले उनीहरुले त्यहाँ चरेस बिक्री गर्न लगेको आशंका गरिएको छ ।

बन्दिपुर म्युजिकल फेष्टिभल नाम दिइए पनि ‘टेगरेरा म्युजिकल काठमाडौ’ ले आयोजना गरेका तीनदिने ‘ट्रान्सपार्टी’ मा व्यापक मात्रामा लागुपदार्थको प्रयोग भएको आशंका गरिएको छ ।

बन्दिपुर टुंडिखेलमा भैरहेको कार्यक्रममा आयोजकले अबैध कार्य नगर्ने प्रतिबद्धता जनाएको भए पनि कार्यक्रममा सहभागी हुन जानेहरु धमाधम लागुपदार्थसहित पक्राउ पर्न थालेका छन् ।

लागु पदार्थ सेवनको आशंकामा परीक्षण गर्दा कार्यक्रममा सहभागी हुन लागेका दुईजना विदेशी पनि लागु औषधसहित पक्राउ परेका छन् ।

सो पार्टीमा १ हजार ५ सयको हाराहारीमा पर्यटकहरु सहभागी भएका छन् ।

यो कार्यक्रम केही समयअघि पोखरामा भएको ‘ट्रान्सपार्टी’ जस्तै भएको स्थानीयको आरोप छ । पोखरमा भएको पार्टीमा ब्यापकमात्रामा लागु औषध र यौन क्रियाकलाप भएको थियो ।

बन्दिपुरका स्थानीयले पर्यटकीय नगरी बन्दिपुरमा विकृती फैलाउने कार्यक्रम भएको भन्दै विरोध गरेका छन् ।

आयोजकले प्रशासनसंग अनुमति समेत नलिइकन कार्यक्रम गरेको बताइएको छ ।

प्रहरी प्रमुख बोहराले कार्यक्रम बन्द गर्नुपर्ने पक्षमा आफुहरु रहेको भन्दै आवश्यक कारबाही थालिने बताए ।

स्थानीय स्तरमा अनुमति नलिएपनि कार्यक्रम आयोजकले पर्यटन मन्त्रालयबाट अनुमति लिएकाले गृह मन्त्रालयले सुरक्षाकर्मी खटाउन आदेश दिएकाले २० जना जनपथ र २० सशस्त्र प्रहरी खटाइएको छ ।

पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>