Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सडक दुर्घटना दुई दिनमा १७ जनाको मृत्यु - Himalkhabar.com

समाचारबिहीबार, जेठ १८, २०६९

सडक दुर्घटना दुई दिनमा १७ जनाको मृत्यु

हिमालखबर

राजधानीबाट तातोपानीतर्फ गइरहेको यात्रुबस अरनिको राजमार्गअन्र्तगत सिन्धुपाल्चोकको फुल्पिडाँडा गाविसस्थित कोठेमा १८ जेठ  बिहान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार तीनजनाको घटनास्थलमा र दुईजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । घाइते २५ जनाको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको र गम्भीर अवस्थाका एकजनालाई थप उपचारका लागि राजधानी ल्याइएको छ ।
बा २ ख ३३४७ नम्बरको यात्रुबस सडकबाट करिब २० मिटर तल सुनकोसी नदीमा खसेर डुबेकाले बसमा कति यात्रु थिए भत्रे यकिन हुन सकेको छैन । हताहतीको सङ्ख्या बढ्नसक्ने अनुमान प्रहरीले गरेको छ ।
यसअघि १७ जेठमा डोटीको शान्तिनगर सडक खण्डमा  भएको ना १ ज ३२६१ नम्बरको यात्रुवाहक जिप दुर्घटनमा परी १२ जनाको मृत्यु भएको थियो  । दुर्घटनामा परी २२ घाइते भएका थिए । सडक खण्डमा झन्डै ६ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>