समाचारबिहीबार, जेठ १८, २०६९

प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेट, भट्टराई समक्ष खनालको असन्तुष्टि

हिमालखबर

प्रधानमन्त्री डा भट्टराईले आफूले संविधानमा रहेको व्यवस्था अनुसार नै संविधानसभाको निर्वाचन घोषणा गरेको भन्दै एमाले समक्ष सहयोगका लागि आग्रह गरेका थिए । “निर्वाचनका लागि राष्ट्रिय सहमति जुटाउने उद्देश्यका साथ प्रधानमन्त्रीले उहाँसँग भेट गर्नुभएको हो । भेटमा एमाले अध्यक्ष खनालले सरकारले अवैधानिक तरिकाले निर्वाचनको घोषणा गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो,” दुई नेताबीच भएको कुराकानी उद्धृत गर्दै प्रधानमन्त्रीका सहयोगी प्रशान्त लामिछानेले बताएका छन् ।

राष्ट्रिय सहमतिकै आधारमा सरकार निर्माण गर्ने आफू र आफ्नो पार्टीको घोषित नीति भएकाले नेकपा ९एमाले०लाई सरकारमा सहभागी भएर घोषित निर्वाचनलाई सफल बनाउनका लागि प्रधानमन्त्रीले सो अवसरमा आग्रह गरेको बताइएको छ । सो भेटका क्रममा अध्यक्ष खनालले संविधानसभा विघटन गरी सरकारले राष्ट्रिय सहमतिलाई क्षतविक्षत बनाउने काम गरेको भन्दै समस्याको समाधानका लागि सकारात्मक भूमिका खेल्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष खनालका स्वकीय सचिव रामबाबु अधिकारीले जानकारी दिए ।

अध्यक्ष खनालले आफूले प्रधानमन्त्रीलाई सरकार कामचलाऊ सरकारका रुपमा रुपान्तरण भइसकेको र एकलरुपमा अगाडि बढ्न खोजे मुलुकका लागि दुर्भाग्य हुनेतर्फ गम्भीर ध्यानाकर्षण गराएका थिए । राससका अनुसार राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न उचित भाषाका साथ पहलकदमी लिन अध्यक्ष खनालले आग्रह गरेकाथिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>