खेलकुदआइतबार, बैशाख १५, २०७०

राष्ट्रिय हकीको उपाधि नेपाली सेनालाई

हिमालखबर

राष्ट्रिय हकी प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ । तस्बीरः इश्वरचन्द्र झा

१४ बैशाखमा जनकपुरको जचुकालि मैदानमा भएको फाइनल खेलमा नेपाली सेनाले पेनाल्टी शुटआउटमा सुदूरपश्चिमाञ्चललाई पराजित गर्दै राष्ट्रिय हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ ।

राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिनाले खेलको विजेता टिम नेपाली सेनालाई ७५ हजारको चेक हस्तान्तरण गर्नुका साथै ट्रफी र टिमका सदस्यहरुलाई मेडल प्रदान गरे भने उपविजेता सुदूरपश्चिमाञ्चलले ४० हजार प्राप्त गर्दा तेस्रो स्थानमा चित्त बुझाएको आयोजक मध्यमाञ्चलले २५ हजार र चौथो स्थानमा रहेको पूर्वाञ्चलले १० हजार रुपैयाँ प्राप्त गरे ।

निर्धारित ७० मिनेटको खेलमा कुनै गोल हुन नसकेपछि १५ मिनेट समय थप गरिएको थियो । अतिरिक्त समयमा समेत दुबै टिममध्ये कसैले पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा गएको हो ।

पेनाल्टीमा नेपाली सेनाले सुदूरपश्चिमाञ्चललाई ४–२ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचाल्न सफल भएको छ ।

नेपाली सेनाका लागि दिपेन्द्र ऐर, राम शाह, रञ्जित रावत र अमित श्रीवास्तवको प्रहार गोलमा परिणत हुँदा सुदूरपश्चिमाञ्चलका लागि कन्तु राम पनेरु र सुरेश जोशीको प्रहार गोलमा परिणत भएपनि अन्य दुईजनाको प्रहार गोलपोष्ट भन्दा एकमिटर बाहिर उछिट्टिन जाँदा सुदूरपश्चिम पराजित हुदै दोस्रो स्थानमा चित्त बुझाउनुपरेको हो ।

त्यसै गरी प्रतियोगितामा सबैभन्दा बढी गोल गरेर उत्कृष्ट खेल पस्केका नेपाली सेनाका दिपेन्द्र ऐरले १० हजारको चेक हात पारेका छन् ।

इश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...