समाचारबिहीबार, जेठ १८, २०६९
अब दैनिक आठघन्टा मात्र लोडसेडिङ
प्राधिकरणको भारपे्रषण केन्द्रका अनुसार यसअघि दैनिक आठ घन्टाका दरले सातामा ५६ घन्टासम्म गर्दै आएको लोडसेडिङ शुक्रबारदेखि सातामा सात घन्टाका दरले ५६ घन्टामा सीमित गरेको जनाएको छ । केन्द्रले यही जेठ १२ गतेदेखि लागु हुने गरी त्यसअघि हुँदै आइरहेको ६३ घन्टाको लोडसेडिङलाई सातामा दैनिक नौ घन्टाका दरले ५६ घन्टामा सीमित गरेको थियो ।
औद्योयोगिक क्षेत्रमा यसअघि हुँदै आएको दैनिक ११ घन्टासम्मको लोडसेडिङमा परिवर्तन गरी दैनिक १० घन्टा कायम गरिएको छ । नयाँ कार्यतालिकामा निर्धारण गरिएको समयमा पाँच मिनेटको हेरफेर हुन सक्ने पनि केन्द्रले जनाएको छ । राससका अनुसार केन्द्रले मुलुकका विभिन्न स्थानमा ७० प्रतिशतभन्दा बढी चुहावट हुने क्षेत्रमा भने निर्धारित कार्यतालिकामा थप पाँच घन्टासम्म लोडसेडिङ हुने जनाएको छ ।
अब सातामा दुई दिन आठ घन्टा, एक दिन साढे सात घन्टा, एक दिन सात घन्टा, एक दिन साढे छ घन्टा, एक दिन छ घन्टा एक दिन पाँच घन्टा मात्र लोडसेडिङ हुने पनि केन्द्रले जनाएको छ । अहिले मुलुकमा एक करोड ५२ लाख युनिट विद्युत्को माग भए पनि ३५ लाख युनिट मात्र आपूर्ति भइरहेकाले लोडसेडिङको अवस्था हटाउन नसकिएको केन्द्रको भनाइ छ।