हङकङमै बसोबास गरेका सङ्गीतकार दिनेश सुब्बाका चेला राजको ल्याटिनो प्रिन्स मा शब्द र सङ्गीत पनि उनकै छ। झापाको दमक स्थायी घर भएका राजले अल्बममा ल्याटिन फ्लेवर रहेको बताए। “श्रोताहरूले मन पराएकाले”, उनले भने, “कलेक्सन अल्बम र फिल्महरूमा पनि धमाधम गाइरहेको छु।”