समाचारशुक्रबार, जेठ १९, २०६९

‘एमाओवादीले विश्वासका सबै आधार गुमायो’–कोइराला

रासस

कोइरालालाई भेट्न १९ जेठ बिहान कोइराला निवासमा पुगेका प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग उनले सो कुरा बताएका हुन् । काँग्रेसले विगतदेखि एमाओवादीको विश्वास गर्दै आएको र ‘धेरै कुरा दिँदै गएको’ स्मरण गराउँदै सभापति कोइरालाले अब आफूहरू संवैधानिक र राजनीतिक लडाइँमा जान बाध्य भएको जानकारी प्रधानमन्त्री डा भट्टराईलाई गराएका थिए ।

प्रधानमन्त्री डा भट्टराईले आफू कामचलाउ प्रधानमन्त्रीमात्र भएको जनाउँदै नेताहरू बसेर सहमति खोजे आफू जस्तोसुकै निर्णय मान्न पनि तयार रहेको बताएको जानकारी पनि कोइरालाले दिएकाछन् । जवाफमा सभापति कोइरालाले विश्वासिलो वातावरण नभएकाले आफूहरू जनतासमक्ष जानुपरेको बताएको उनका पे्रस सल्लाहकार विपुल पोखरेलले जानकारी दिए ।

‘एमाओवादी नेतृत्वमा सत्ता कब्जाको मानसिकता कायमै रहेकाले समस्या
बल्झिइरहेको कुरा मैले प्रधानमन्त्रीजीलाई स्पष्ट रूपमा भनेँ’ पार्टी सभापति कोइरालाको भनाइ उद्धृत गर्दै सल्लाहकार पोखरेलले भने– ‘हामीले सहमतिको सरकार बनाउन पनि मद्दत गरेको स्मरण गराएँ, उहाँले तपार्इंहरू बसेर सहमति गर्नुस् मात्र भन्नुभयो ।’

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति कोइरालाले तत्काल एमाओवादी सहितका दल बसेर सहमति खोज्ने सम्भावना नरहेको बताए । ‘उहाँहरूले अविश्वासको परिस्थिति बनाउनुभयो, त्यसकारण अहिले हामी हाम्रा सङ्घर्षका कार्यक्रममा व्यस्त छाँै’– कोइरालाले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>