समाचारशुक्रबार, जेठ १९, २०६९
नेपाल अल्पविकसित देशहरुको संयोजक
नेपाल वातावरण पत्रकार समूहद्वारा १९ जेठमा आयोजित कार्यक्रममा वातावरण मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले एसियाबाट सो समूहको संयोजन गर्न नेपालले पाएको यो पहिलो अवसर भएको बताए । यसअघि सो समूहको संयोजक गाम्बिया रहेको थियो । यसअघि यस क्षेत्रबाट बङ्गलादेशले मात्र संयोजन गर्ने मौका पाएको थियो ।
सचिव ज्ञवालीका अनुसार नेपालले सन् २०१३ र २०१४ का लागि जलवायु परिवर्तनसम्बन्धी महासन्धिअन्तर्गत अतिकम विकसित मुलुकको प्रतिनिधित्व एवम् वार्ताका लागि गठित समूहको संयोजन गर्नेछ । जर्मनीको बोनमा गत ११ जेठमा भएको समूहको बैठकले नेपाललाई संयोजन गर्ने जिम्मेवारी तोकेको थियो ।
हाल सो समूहमा ४८ देश रहेका छन् । यो समूहले खासगरी जलवायु परिवर्तनबाट परेका समस्यालाई कम गर्न सामूहिकरुपमा नीति निर्माण गरी लागु गर्ने र जलवायु परिवर्तनमा विकसित मुलुकले पारेका असरका विरुद्ध सामूहिकरुपमा सौदाबाजी गर्नेछ । संयोजन कार्यलाई थप प्रभावकारी बनाउन वतावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष देशहरुको सम्मेलन, सहायक सम्मेलन, सहायक अङ्गहरु तथा तदर्थ समूहरुको औपचारिक तथा अनौपचारिक बैठकमा भाग लिनका लागि मुख्य वार्ता टोलीको चयन गरिसकेको जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
