समाचारशनिबार, जेठ २०, २०६९
राजदरबार हत्याकाण्डको एघार वर्ष
त्यसबेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती शाहको ज्यान गएको थियो । तर पनि, अहिलेसम्म राजपरिवारको हत्या कसले र किन गरयो भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन । हत्यालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘ग्रयान्ड डिजाइन’को संज्ञा दिएका थिए ।
हत्यापछि तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित दरबार हत्याकाण्ड छानविन आयोगले युवराज दीपेन्द्रले नै राजपरिवारको हत्या गरेको प्रतिवेदन सार्वनजिक गरेको थियो । तर, सो प्रतिवेदनप्रति आम जनता अहिले पनि विश्वस्त हुन सकिरहेको देखिदैन्।
राजपरिवारको दुःखद निधन भएको १२ औं स्मृति दिवसका योगी नरहरिनाथ ट्रस्ट अध्यात्मिक परिषद्ले १९ जेठमा जावलाखेलस्थित वीरेन्द्रको सालिकमा माल्यार्पण तथा श्राद्ध तर्पण गर्यो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>