Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मंसीरमा चुनाव गराउन काम हुँदैछः प्रमुख निर्वाचन आयुक्त - Himalkhabar.com

अन्तर्वार्ता/विचारशुक्रबार, बैशाख २०, २०७०

मंसीरमा चुनाव गराउन काम हुँदैछः प्रमुख निर्वाचन आयुक्त

हिमालखबर

तस्वीर: देवयानी सिवाकोटी

प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी पुनः पाएपछि निर्वाचन सम्बन्धी काम कति अघि बढाउनुभयो ?

आफ्नो मत आफैं खसाउने वातावरण बनाउन फोटोसहितको मतदाता नामावली पूर्व शर्त भएकोले त्यसमा काम गरिरहेका छौं । मतदाता नामावली, निर्वाचन आयोग र संविधानसभा सम्बन्धी ऐनहरूको मस्यौदा तयार पारी सरकारसमक्ष पठाएका छौं ।

दलहरूलाई आयोगमा दर्ता हुन एकसाताभित्रै ३५ दिनको म्याद दिएर आह्वान गर्दैछौं । मतपत्र छाप्ने मेसिन एक महीनाभित्र तयार भइसक्नेछ । कम्तीमा शहरीक्षेत्र र नगरपालिकामा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गर्ने तयारीमा छौं । मंसीरको पहिलो साताभित्र निर्वाचन गर्ने गरी आयोगले तयारी अगाडि बढाएको छ ।

समयसीमा विचार गरिरहनुभएको छ त ?

मतदाता नामावली तयार पार्न टोली गाउँ पुगेका छन् । असारसम्म सबै नामावली संकलन गरिसक्छौं । त्यसमा छुटेकाहरूले जिल्ला निर्वाचन कार्यालयमा १५ भदौसम्म दर्ता गर्ने व्यवस्था मिलाउँछौं ।

भदौ अन्तिमसम्म मतदाता नामावलीको काम पूरा गर्न सक्यौं भने त्यसलगत्तै निर्वाचन अधिकृतको कार्यालय खोल्न र नोमिनेसन लिन सक्छौं । केन्द्रीय निर्वाचन आयोगमा दलहरूले समानुपातिकतर्फको आ–आफ्नो सूची पेश गर्नेछन् ।

दलहरूलाई चुनावी प्रचारका लागि ३० दिनको समय दिनेछौं । यहीबीचमा मतपत्र छापेर गाउँ–गाउँमा पुर्‍याउनेछौं । अहिलेदेखि नै विभिन्न माध्यमबाट देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम लैजाँदैछौं ।

यहीबीचमा निर्वाचनका लागि चयन गरिएका कर्मचारीलाई तालीम संचालन गरिनेछ भने सुरक्षित रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा सम्बन्धी नीतिसहित गृह मन्त्रालयले आयोगमा सुरक्षा व्यवस्थाको योजना पेश गर्नेछ ।

फोटोसहितको मतदाता नामावली र परिचयपत्रको काम कहाँ पुगेको छ ?

मतदाता नामावली संकलनको क्रममा आयोगले फोटो खिचेर व्यक्तिको विवरण तथा औंलाको छाप लिएको छ, परिचयपत्र वितरण गरेको छैन । परिचयपत्र आयोगले नभएर नेपाल सरकारले दिने हो ।

आगामी निर्वाचनसम्म परिचयपत्र वितरण गर्न सम्भव नभएकोले हामीसँग भएको मतदाता नामावलीको फोटोको आधारमा परिचय पत्ता लगाएर भोट हाल्ने स्वीकृति दिन्छौं । मतदान गर्न जाँदा मतदाताले नागरिकता, ड्राइभिङ लाइसेन्स वा परिचय खुल्ने अन्य कुनै कागजात लिएर आउनुपर्छ ।

परिचयपत्र खुल्ने कुनै कागज नभएमा नामावलीसँगै रहेको फोटोको आधारमा मात्र मतपत्र दिइनेछ । त्यसपछिका निर्वाचनका लागि भने यही तथ्यांकका आधारमा नेपाल सरकारले राष्ट्रिय परिचयपत्र बाँड्नेछ । त्यसैले यो निर्वाचनमा परिचयपत्र नभई फोटोसहितको मतदाता नामावलीको व्यवस्था हुनेछ ।

अघिल्लो संविधानसभा र अबकोमा के फरक हुनेछ ?

संविधानसभाको यो दोस्रो निर्वाचन हो । संविधानसभा निर्वाचन एक पटक हुन्छ भनिए पनि हामी दोस्रो पटक गराउँदैछौं । अहिलेसम्म दलहरूको प्रस्ताव अनुसार २४० प्रत्यक्ष र २४० समानुपातिक गरी ४८० जनाका लागि चुनाव हुनेछ, जुन अघिल्लो संविधानसभाको तुलनामा कम संख्या हो ।

ऐनमा पनि केही सुधार गरेका छौं । जसमध्ये एउटा १ प्रतिशत थ्रेसहोल्डको प्रस्ताव हो । उम्मेद्वारी दर्ता गर्दा उम्मेद्वारले आवल्नो सम्पत्ति खुलाउनुपर्ने व्यवस्था पनि गरेका छौं । यस्तै फौजदारी मुद्दामा सजाय पाएको ६ वर्ष नकटेका व्यक्तिलाई उम्मेद्वारी दिन नपाउने व्यवस्था होस् भन्ने हाम्रो प्रस्ताव छ ।

दल र उम्मेद्वारले कतिसम्म खर्च गर्न पाउने भन्ने सीमा ऐनमै तोकिएको छ । यो ऐन पास भएपछि निर्वाचनको निष्पक्षता, शुद्धता र विश्वसनीयता कायम हुने हाम्रो विश्वास छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>