खेलकुदशुक्रबार, बैशाख २०, २०७०

आईसीसी डिभिजन थ्रीमा नेपालको दोस्रो जित

हिमालखबर

पुरस्कार ग्रहण गर्दै मल्ल म्यान अफ दि म्याच ज्ञानेन्द्र मल्ल । तस्वीर सौजन्यः आईसिसि

बर्मुडाको हमिल्टन रंगशालामा १९ बैशाखमा नेपालले ओमनलाई २८ रनले पराजित गरेको हो । नेपालले ९ विकेट गुमाएर १६० रन जोडेको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ३४, विनोद भण्डारीले ३२, पारस खड्काले २८ र शरद भेषवाकरले २७ रनको योगदान दिए । ज्ञानेन्द्र मल्ल म्यान अफ दि म्याच घोषित भए ।

ओमनले ४६.४ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्रै जोड्न सक्यो । ओमनका लागि वैभव वाटगोनकरले २७ र अजय लालचेटाले २४ रन जोडेका थिए ।

२१ बैशाखमा नेपालले इटलीसँग प्रतिस्पर्धा गर्दैछ ।

अमेरिका र युगाण्डासँग पराजित भएको नेपालको चार खेलबाट चार अंक भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...