Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पर्यटक आवागमनमा वृद्धि - Himalkhabar.com

अर्थ/बजारशनिबार, जेठ २०, २०६९

पर्यटक आवागमनमा वृद्धि

हिमालखबर

सुन्दरी पाहुनायो वर्ष मे महिनामा हवाई मार्गबाट आउने पर्यटकको सङ्ख्या गत वर्ष सोही महिनाको तुलनामा ९.३ प्रतिशतले वृद्धि भएको देखिएको छ । यो वर्ष मे महिनामा ४२ हजार ८२० यात्रु नेपाल आएका छन् । यस अवधिमा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा करिब १४ प्रतिशतले वृद्धि भएको अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ ।

मे महिनामा भारतबाट आउने पर्यटकको सङ्ख्यामा १६ प्रतिशतले वृद्धि भई २० हजार १३८ पुगेको छ भने पाकिस्तानबाट आउने पर्यटकको सङ्ख्यामा ३२.५ प्रतिशतले ¥हास आएको छ । यसैगरी चीनबाट आउने पर्यटकको सङ«ख्या १०.२ प्रतिशतले वृद्धि भएको देखिएको छ।

युरोपेली मुलुकबाट आउने पर्यटकको आवागमनमा औसतरूपमा ८.३ प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाबाट क्रमशः ९ र १२ प्रतिशतले पर्यटक आवागमनमा वृद्धि भएको देखिएको छ ।

मे महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५६ हजार ३६३ पर्यटक नेपाल बाहिर गएको देखिएको छ । सन् २००९ को जुन महिनादेखि निरन्तररूपमा पर्यटक आवागमनमा वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>