खेलकुदशुक्रबार, बैशाख २०, २०७०

यु–१९ क्रिकेटमा नेपालको विजयी शुरुवात

हिमालखबर

मलेसियामा २० बैशाखमा भएको खेलमा कुवेतलाई ८४ रन पराजित गरेर नेपालले दुई अंक जोडेको हो । टस जितेर ब्याटीङ रोजेको नेपालले ४३ ओभरमा सबै विकेट गुमाएर १९३ रनको योगफल तयार पारेको थियो । नेपालका लागि अमित श्रेष्ठले ४६, सुशान्त भारीले २८, हरिशंकर शाह र पवन श्रेष्ठले समान २३ रनको योगदान दिए । दुई विकेट समेत लिएका सुशान्त भारी म्यान अफ दि म्याच भए ।

१९४ रनको लक्ष्य पछ्याएको कुवेतले ३६.२ ओभरमा सबै विकेट गुमाएर जम्मा १०९ मा जोड्यो । शाहरुख कुड्डुसले सर्वाधिक ३६ र फैजान सिद्धिकले २१ रन जोडे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...