खेलकुदआइतबार, बैशाख २२, २०७०

क्रिकेटमा ऐतिहासिक सफलताः नेपाल डिभिजन- २ मा

हिमालखबर

म्यान अफ दि म्याच राहुल विश्वकर्मा।

बर्मुडामा जारी आइसिसि विश्व क्रिकेट डिभिजन थ्रीअन्तर्गत २१ बैशाखमा इटलीलाई फराकिलो अन्तरमा पराजित गरेपछि नेपाल डिभिजन- २मा बढुवा भएको हो । १२८ रनको लक्ष्य प्रस्तुत गरेको इटलीलाई नेपालले ८ विकेटले पराजित गर्यो । नेपालसँगै युगान्डा पनि डिभिजन टुमा पुगेको छ । नेपालले ६ र युगान्डाले ८ अंक जोडेर विश्व कप क्रिकेट छनौटमा स्थान पक्का गरेको हो ।

समान ६ अंक भएको अमेरिका र बर्मुडा डिभिजन थ्रीमा कायम छ भने चार अंक जोडेको ओमन र अंकबिहिन इटली रेलिगेसनमा परेका छन् ।

फाइनल २२ बैशाखमा नेपाल र युगान्डाबीच हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...