Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘हिटम्यान’ बन्ने कारण बुझौं - Himalkhabar.com

सम्पादकीयआइतबार, बैशाख २२, २०७०

‘हिटम्यान’ बन्ने कारण बुझौं

हिमालखबर

समाजमा बढिरहेका यस्ता अपराधले दिने सन्देश भनेको समाज असुरक्षित हुँदैछ भन्ने नै हो । जसका लागि प्रमुख जिम्मेवार सुरक्षा सम्बद्ध निकाय हुन् । दण्डहीनता र राजनीतिमा व्याप्त अपराधीकरण यस्ता अपराध बढ्नुका अरू कारण हुन् । तर; धर्म, परम्परा र रुढीवादमा विश्वास राख्ने नेपाली समाजमा पैसा लिएर हत्या गर्ने यस्ता ‘हिटम्यान’हरू किन जन्मिए भन्ने प्रश्नको जवाफ भने खोज्न आवश्यक भइसकेको छ ।

कहालीलाग्दो बेरोजगारी र ‘परिवर्तन’का नाममा समाजमा आएको हलचल यस्ता अपराध र अपराधी बढाउने महŒवपूर्ण कारण हुनुपर्छ । बेरोजगारी ‘कन्ट्रयाक्ट–किलर’ आपूर्ति गर्ने साधन बनेको देखिन्छ भने जग्गा दलाली, म्यानपावर, ढुकुटी जस्ता राज्यको सूक्ष्म निगरानी नपुगेका आर्थिक कारोबारले दिलाउने अप्रत्यासित आम्दानी र त्यसले सिर्जना गर्ने द्वन्द्व त्यसको मागको कारण बनेको पाइन्छ ।

नेपाली समाजमा पैसा वा सम्पत्तिका लागि परिचालित हुने ‘हिटम्यान’हरू यसअघि नै देखिए पनि तिनको प्रयोग सत्ता–षड्यन्त्रमा मात्र सीमित थियो । चौधौं शताब्दीमा भक्तपुरमा आश्रय लिएकी तिरहुतिया रानी देवलदेवीले त्यहाँका राजा रुद्र मल्लको ज्वाईंलाई मार्न लगाएको घटना र २०४३ सालमा पत्रकार पदम ठकुराठीलाई मार्न विकास गुरुङ परिचालित हुनु सत्ता षड्यन्त्रसँग सम्बन्धित थिए । पछिल्लो समय भने आर्थिक लेनदेन र विवाहेत्तर सम्बन्ध ‘कन्ट्रयाक्ट–किलिङ’ को कारण बनेको देखिन्छ । ६ वैशाख २०७० मा राजधानीको जडीबुटीमा भएको शिक्षिकाको हत्या प्रयासमा ढुकुटीको कारोबार, व्यक्तिगत व्यवसाय र पारिवारिक सम्बन्ध कारण देखिनु त्यसको उदाहरण हो ।

नेपाल जीवनस्तर सर्वेक्षण अनुसार आव २०५२/५३ मा ०.३२२ रहेको समानता र असमानता जनाउने ‘गिनी कोफिसियन्ट’ २०५९/६० मा बढेर ०.४१४ पुगेको थियो भने २०६७/६८ मा ०.३२८ मा झ्¥यो । ‘गिनी कोफिसियन्ट’ बढ्दा समाज आर्थिक रूपमा असमानतातर्फ उन्मुख छ भन्ने बुझिने हुँदा यो तथ्याङ्कले झण्डै डेढ दशक यता समाजमा आर्थिक असमानता बढेको स्पष्ट हुन्छ ।

ढुकुटी, घर–जग्गा दलाली, म्यानपावर लगायत अर्बौं रुपैयाँको कारोबारमा अपराधको हिस्सेदारी ज्यादा रहेको पाइएको छ । माओवादीको हिंसात्मक विद्रोहले समाजमा ल्याएका नकारात्मक परिवर्तनलाई कसैले मिहिन विश्लेषण गरेका छैनन् । राष्ट्रिय जनगणना अनुसार २०५८ मा ४२ लाख ५३ हजार २२० को संख्यामा रहेको परिवार संख्या १० वर्षको अन्तरालमा २७.५१ प्रतिशतले वृद्धि भएर ५४ लाख २३ हजार २९७ पुग्दाको परिवर्तन र त्यसले समाजमा पारेको असर–प्रभावबारे पनि कसैको चासो पुगेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>