Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एसिसी यु–१९ एलिट कप क्रिकेट: नेपालको लगातार तेस्रो जित - Himalkhabar.com

खेलकुदसोमबार, बैशाख २३, २०७०

एसिसी यु–१९ एलिट कप क्रिकेट: नेपालको लगातार तेस्रो जित

हिमालखबर

निर्धारित ५० ओभरको खेलमा नेपालले बहराइनलाई १९६ रनको भारी अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले बहराइनसामु २५९ रनको चुनौती प्रस्तुत गरेको थियो ।

जितका लागि २६० रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा मैदान प्रवेश गरेको बहराइनले २१ ओभरमा सबै विकेट गुमाएर ६३ रन मात्र बनाएको थियो ।

बहराइनलाई सस्तैमा समेट्ने क्रममा ‘प्लेयर अफ दी म्याच’ को उपाधि उचालेका नेपाली टिमका उप–कप्तान अविनाश कर्णले आठ विकेट लिएका थिए ।

त्यसैगरी कप्तान भुवन कार्की र राहुल प्रताप सिंहले समान एकएक विकेट लिन सफल भए । भुवन कार्कीले ८३, विभत्सु थापाले ४४, अमित श्रेष्ठले २२, निश्चल पाण्डेले १६, हरिशङ्कर साहले १० र निर्मल थापाले २५ रनको योगदान गरेका थिए ।

त्यस्तै पवन श्रेष्ठले १३ र रामनरेश गिरीले चार रन बनाएर खेलको अन्त्यसम्म आउट भएनन् ।

यसअघि २२ बैशाखमा भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको थियो भने २० बैशाखमा भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ८४ रनले हराएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>