समाचारशनिबार, जेठ २०, २०६९

राष्ट्रपति यादवद्वारा सहमतिमा जोड

रासस

राष्ट्रपति डा. यादवले दलहरुबीचको सहमति र सहकार्यको विकल्प नरहेको भन्दै मिलेर राजनीतिक निकास दिन सुझाव दिएको अध्यक्ष खनालले बताए ।अध्यक्ष खनालले डा. बाबुराम भट्टर्राईको नेतृत्वको वर्तमान सरकार विघटन गरी राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि पहल गर्न आफूले राष्ट्रपतिलाई भनेको सञ्चारकर्मीलाई बताए ।

अन्तरिम संविधानले संविधानसभाको पुनः निर्वाचनको परिकल्पना नगरेको उल्लेख गर्दै निर्वाचनका लागि अन्तरिम संविधानको संशोधन आवश्यक भएको बताए । राजनीतिक सहमतिबिना सरकारले एकतर्फीरुपमा निर्वाचनको घोषणा गरेकामा अध्यक्ष खनालले आपत्ति जनाए । खनालले प्रधानमन्त्री डा भट्टर्राईले पदबाट तुरुन्त राजीनामा दिई राष्ट्रिय सहमतिको सरकार निर्माणमा मार्ग प्रसस्त गर्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>