खेलकुदबुधबार, बैशाख २५, २०७०

मलेसियालाई हराउँदै नेपाल समूह विजेता

हिमालखबर

१९ वर्ष मुनीको एसीसी एलिट कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराउँदै समूह विजेता भएको छ ।

पहिलो ब्याटिङ् रोजेको मलेसियाले दिएको ७० रनको लक्ष्य नेपालले २४ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालका लागि हरिशंकर शाहले नटआउट २८, बिभात्सु थापाले १७, अमृत श्रेष्ठले १०, निश्चल पाण्डेले ७ र निर्मल थापाले नटआउट ३ रनको योगदान गरे ।

मलेसियाले २२ दशमलव ४ ओभरमा अलआउट हुँदै ६९ रनमात्र जोड्न सकेको थियो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका अविनाश कर्णले ६, भुवन कार्कीले २, यज्ञमान कुमाल र सुशान्त भारीले १र१ विकेट लिए ।

८ ओभर वलिङ गरेका अविनाशले १ मेडन राख्दै ३१ रन खर्चेर ६ विकेट लिएका हुन् ।

यो जितसंगै नेपाल समूह बी को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसिया उपविजेता हुँदै सेमिफाइनल पुगेको छ ।

यसअघि नेपालले कतार, बहराईन र कुवेतलाई फराकिलो अन्तरमा हराएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...