खेलकुदबुधबार, बैशाख २५, २०७०

इतिहास रचेको क्रिकेट टोलीको भव्य स्वागत

हिमालखबर

ट्रफीका साथ राष्ट्रिय टीमका कप्तान पारस खड्का ।

बर्मुडामा सम्पन्न आइसिसि डिभिजन थ्रीको च्याम्पियन बनेर फर्केका खेलाडीहरूलाई २५ बैशाखमा राजधानीमा विभिन्न कार्यक्रम गरेर स्वागत गरिएको हो । टोलीको सम्मानमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पञ्चेबाचा बजाएर, अबिर जात्रा गरिएको थियो ।

उनीहरुका स्वागतका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा, नेपाल क्रिकेट सङ्घ पदाधीकारी तथा ठूलो संख्यामा क्रिकेटप्रेमीहरू विमानस्थल पुगेका थिए । खेलाडीहरूलाई गौशाला, चावहिल, पुतलीसडक, सहिदगेटबाट नगरपरिक्रमा गराएर त्रिपुरेश्वर पु¥याइएको थियो ।

राष्ट्रिय टीमका कप्तान पारस खड्काले विमानस्थलमा आगामी प्रतियोगितामा आफूहरूले अझै कडा मिहिनेत गर्ने प्रतिबद्धता जनाए ।

शुरुवाती दुई खेलमा पराजय भोगेको नेपाली टीमले डिभिजन थ्रीको फाइनलमा युगान्डालाई पराजित गरेको थियो । डिभिजन थ्री पुग्दा पनि नेपाल डिभिजन फोरको च्याम्पियन बनेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...