खेलकुदबिहीबार, बैशाख २६, २०७०

थ्रीस्टार शीर्ष स्थानमा

हिमालखबर

राजधानीको दशरथ रंगशालामा २६ बैशाखमा मंगोलियाको इर्चिम क्लबलाई २–० गोलले पराजित गरेपछि थ्रीस्टार शीर्षस्थानमा पुगेको हो । इर्चिमविरुद्ध थ्रीस्टारका डोडोजले १० औं र फेमीले ६२ औं मिनेटमा गोल गरेका थिए । २४ बैशाखमा बंगलादेशको अबवानी कम्पनीसँग थ्रीस्टारले १–१ को बराबरी खेलेको थियो । यसअघि चाइनिज ताइपेइको ताइवान पावर कम्पनीसँग गोलरहित बराबरी खेलेको इर्चिम अंक तालिकाको पुछारमा छ ।

उता आजै भएको अर्को खेलमा ताइवान पावर कम्पनी र अबवानी कम्पनीले एक–एक गोलको बराबरी खेलेर अंक बाँडे । अबवानीका लागि रोनीले खेलको पाँचौं तथा ताइवान पावरका लागि हुङ काई चुनले १४ औं मिनेटमा गोल गरेका थिए । दुबै टीमको समान दुई/दुई अंक छ ।
२८ बैशाखमा थ्रीस्टार र ताइवान पावर तथा अबवानी र इर्चिमबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...