समाचारशनिबार, जेठ २०, २०६९

पारिवारिक झगडामा ७ जनाको ज्यान गयो

हिमालखबर

दाजुभाइको झगडामा ज्यान गुमाउनेमा ६ बालबालिका र एक महिला रहेका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा गगन विककी दुई वर्षीया छोरी पवित्रा विक, तीन वर्षीय छोरा पवन विक, वीरजीत विककी ३५ वर्षीया श्रीमती झाकरीदेवी, दुई वर्षीया छोरी लक्ष्मी विक, छोराहरु तीन वर्षीय करन, चार वर्षीय केशव र आठ वर्षीय राजेन्द्र रहेका छन् ।

उनीहरुको धारिलो घरेलु हतियारले हत्या गरिएको प्रहरीले जनाएको छ । सदरमुकाम चैनपुरबाट ७३ किलोमिटर दक्षिण पूर्वमा रहेको स्याडी गाविसको बैतडीसंग सीमा जोडिएको छ । स्याडी गाँउबाट सबैभन्दा नजिकको स्याडी प्रहरी चौकी आधा घण्टाको पैदल दूरीमा पर्छ ।

प्रहरीले २० जेठ करीब सवा ६ बजे घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरिक्षक सागर बोहराको नेतृत्वमा एक र स्याडी प्रहरी चौकीबाट एक टोली घटनास्थल पुगेको सेती अञ्चल प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विजयराज भट्टले बताए । प्रहरीले हत्यामा संलग्न दुबै दाजुभाइ गगन र वीरजीतलाई नियन्त्रणमा लिसकेको छ । घछना करीब साँझ पाँच बजेतिर भएको प्रहरीले जनाएको छ ।

-दीर्घराज उपाध्याय, धनगढी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>