रिपोर्टशनिबार, बैशाख २८, २०७०

लज्जास्पद निर्णय

हिमालखबर

रामेश्वर बोहरा

लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने चार दलको सिफारिसलाई ठप्पा लगाएर राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रलाई लज्जित पारेका छन् ।

२२ वैशाख साँझ् शीतलनिवास पुगेको नागरिक समाजको टोलीसँग राष्ट्रपति रामवरण यादवले ‘संविधानको दायराभित्र रहेर राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्ने’ बताएका थिए तर, शक्तिकेन्द्रहरूसँग रातबिरात सल्लाह लिंदै कार्कीलाई एकाबिहानै नियुक्त गर्नुले उनीप्रति आशंका जन्माएको छ ।

२३ वैशाख बिहान झिसमिसेमै दुईजना बहालवाला मन्त्री शीतलनिवास पुगेर ज्यान लिने ‘थ्रेट’ पाएको गुनासो राष्ट्रपतिलाई सुनाएका थिए । ती मन्त्रीले ‘मन्त्री हुँदैमा सुरक्षित हुने भए मिर्जा दिलसाद बेग मारिंदैनथे’ भन्ने सुझावसहितको चेतावनी पाएको त्यहाँ बताएका थिए । स्रोतका अनुसार, बहालवाला मन्त्रीहरूलाई त्यस्तो ‘थ्रेट’ सल्लाहका रूपमा सुरक्षा निकायबाटै आएको थियो ।

तर, पूरै एक बटालियन सेनाको पहरामा रहेका राष्ट्रपतिलाई भने त्यस्तो थ्रेट आउने सम्भावना नभएको र आए पनि उनको सुरक्षामा ठूलोे जोखिम देखिंदैन । तै पनि राष्ट्रपति यादव कुनै न कुनै थ्रेटकै कारण झिसमिसेदेखि नै कार्की नियुक्तिको बन्दोबस्त मिलाउन बाध्य बनेको केही स्रोतको दाबी छ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भन्छन्, “रेग्मीलाई प्रम बनाएकै शक्तिले कार्कीलाई अख्तियार प्रमुख बनायो, त्यो शक्तिले त उद्देश्य सफल नभएसम्म यस्ता काम गर्ने नै भयो, हाम्रा नेताको नैतिकता नदेखिनु ठूलो कुरा हो ।”
विस्तृत रिपोर्टका साथै अन्य रोचक सामाग्रीहरु  साप्ताहिक हिमाल खबरपत्रिकामा । २९ बैशाखदेखि बजारमा उपलब्ध छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>