अर्थ/बजारशनिबार, बैशाख २८, २०७०

राहदानीबाट दैनिक एक करोड रुपैयाँ सङ्कलन

हिमालखबर

देशका विभिन्न जिल्लास्थित जिल्ला प्रशासन कार्यालय र परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागबाट जारी हुने राहदानीबाट दैनिक एक करोड रकम सङ्कलन हुँदै आएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

विदेशस्थित ३२ वटा नेपाली नियोगबाट पनि राहदानी जारी हुने गरेको भएपनि त्यसको हिसाब वार्षिकरूपमा मन्त्रालयलाई प्राप्त हुने भएकाले त्यसलाई यहाँ समावेश गरिएको छैन ।

दैनिक एक हजार राहदानी जारी हुँदै आएको जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले सरल ढङ्गले राहदानीको वितरण गर्न चाँडै नै ६८ जिल्लामा प्रत्यक्ष आवेदन दिने व्यवस्था गरिन लागेको बताए ।

दुई दिनभित्र राहदानी चाहनेहरूसँग रु १५ हजार दस्तुर लिने सोचमा सरकार रहेको जानकारी पनि उनले दिए ।

हाल नियमित प्रक्रियामा रहेर राहदानी लिनेले पाँच हजार राजस्व बुझाउनुपर्छ भने एक साताभित्र लिन चाहनेले रु १० हजार सरकारी खातामा जम्मा गर्नुपर्ने प्रावधान छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>