व्यक्तित्वशनिबार, बैशाख २८, २०७०

‘रेमिट्यान्स भनेकै आईएमई’

हिमालखबर

२०५० मा जागिर छाडेर व्यवसायमा पुर्णकालीन भएका उनले २०५६ मा आईएमई सेवा शुरू गरे । वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई हुण्डीको चर्को सेवाशुल्कबाट बचाउँदै ब्याङ्किङ च्यानलमार्फत मुलुकमा रेमिट्यान्स भित्र्याउने श्रेय उनैलाई जान्छ ।

मुलुक खुल्ला अर्थतन्त्रमा नहेलिएको भए यतिबेला चन्द्र ढकाल (४७) को दिनचर्या राष्ट्रिय वाणिज्य ब्याङ्कको एउटा सामान्य कर्मचारीको रूपमा बितिरहेको हुने सम्भावना धेरै थियो । तर, अहिले उनी सफल व्यवसायीको कोटिमा छन् । यो सफलतामा उनले २०४५ देखि पाँच वर्षसम्म वाणिज्य ब्याङ्कको विशालबजार शाखामा काम गरेका अनुभवको योगदान अवश्य छ ।

त्यसो त ढकालले २०४८ सालमै कार्गो र ट्राभल्स एजेन्सी शुरू गरिसकेका थिए । २०५० मा जागिर छाडेर व्यवसायमा पुर्णकालीन भएका उनले २०५६ मा आईएमई सेवा शुरू गरे । वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई हुण्डीको चर्को सेवाशुल्कबाट बचाउँदै ब्याङ्किङ च्यानलमार्फत मुलुकमा रेमिट्यान्स भित्र्याउने श्रेय उनैलाई जान्छ । माओवादी द्वन्द्वका कारण पर्यटन व्यवसायसँगै निर्यात व्यापार पनि ठप्प भएको बेला ब्याङ्किङ च्यानलबाट आएको रेमिट्यान्सले मुलुकलाई टाट पल्टिनबाट जोगाएको ढकालको भनाइ छ । उनको बुझइमा, यो सबै २०४६ को राजनीतिक परिवर्तनपछि राज्यले अँगालेको खुला आर्थिक नीतिको परिणाम हो । “ब्याङ्क र फाइनान्स क्षेत्रले व्यापकता पाएको त्यसपछि नै हो”, बाग्लुङका ढकाल भन्छन्, “अर्थतन्त्रको गतिलाई माओवादी विद्रोहले अवरुद्ध नपारेको भए स्थिति योभन्दा धेरै फरक हुन्थ्यो ।”

मुलुक हिंसात्मक द्वन्द्वमा फँसेको बेला आईएमई ब्राण्डले यति व्यापकता पायो कि आज ‘रेमिट्यान्स भनेकै आईएमई’ भएको छ । ढकालले अहिले नेपाली पुगेका प्रायः सबै मुलुकबाट आईएमईमार्फत सीधै रेमिट्यान्स भिœयाउने व्यवस्था मिलाएका छन् । उनले ग्लोबल आईएमई ब्याङ्क, माउण्ट पुमोरी एयर कार्गो, अक्रस ट्राभल्स, एलिट क्यापिटल, अक्सिजन ग्यास उद्योगलगायत आधा दर्जन कम्पनीको नेतृत्व सम्हालेका छन् । ग्लोबल ब्याङ्क–आईएमई फाइनान्स मर्जरबाट बनेको ग्लोबल आईएमई ब्याङ्कले ६३ शाखामार्फत देशभर सेवा पु¥याएको छ । यो निजी क्षेत्रका ब्याङ्कको सबभन्दा ठूलो सञ्जाल भएको ढकालको दाबी छ । गत असारमा उत्कृष्ट १० मा परेको यो ब्याङ्कले आगामी असारमा थप तरक्की देखाउने उनी बताउँछन् ।

हात हालेका सबै क्षेत्रमा सफल ढकाल सवा दुई अर्बको लगानीमा थानकोट–चन्द्रागिरि केबुल कार सञ्चालनको तयारीमा छन् । उनको केबल कार परियोजनामा फन पार्क, भ्यू टावर र रिसोर्ट पनि जोडिएको छ ।

-रमेशकुमार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>