Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
थ्रीस्टार समूह विजेता बन्दै एएफसी प्रेसीडेन्ट कपको दोस्रो चरणमा - Himalkhabar.com

खेलकुदशनिबार, बैशाख २८, २०७०

थ्रीस्टार समूह विजेता बन्दै एएफसी प्रेसीडेन्ट कपको दोस्रो चरणमा

हिमालखबर

राजधानीस्थित दशरथ रंगशालामा २८ बैशाखमा थ्रीस्टार सन् २०११ को प्रेसिडेन्ट कप विजेता चाइनिज ताइपेइको ताइवान पावर कम्पनीसँग २–२ को बराबरी खेलेर समूह ए विजेता बनेको हो । थ्रीस्टारले सर्वाधिक पाँच अंक जोडेको छ । यसअघि बंगलादेशको अबहानी क्लबसँग १–१ को बराबरीमा रोकिएको थ्रीस्टारले इर्चिम क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो । सन् २००५ मा पहिलो पटक आयोजित प्रेसिडेन्ट कपमा थ्रीस्टार सेमिफाइनलमा पुगेको थियो ।

समूह उपविजेता बनेको इर्चिमले चार अंक जोड्यो । अबहानीलाई १–० ले पराजित गरेको इर्चिमले ताइवान पावरसँग गोलरहित बराबरी खेलेको थियो । यसअघि थ्रीस्टारसँग इर्चिम २–० ले पराजित भएको थियो । इर्चिमका लागि एकमात्र गोल गनबटार बटलीगनले अबहानीविरुद्ध गरेका थिए ।

समूह चरणबाट बाहिरएको ताइवान पावरले तीन तथा अबवानी क्लबले दुई अंक जोडेको थियो ।

प्रेसिडेन्ट कपको २३–२९ सेप्टेम्बर २०१३ हुने फाइनल चरणका लागि समूह बीबाट काजकिस्तानको डोरडोइ विशकेक र पाकिस्तानको केआरएल तथा समूह सीबाट तुर्कमिनिस्तानको बालकन र प्यालेस्टाइनको हिलाल अलकडस छनौट भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>