खेलकुदआइतबार, बैशाख २९, २०७०

नेपाली क्रिकेट टीम उत्तराखण्ड कप खेल्न जाने

हिमालखबर

आगामी जेठ दोस्रो साता शुरु हुने उत्तराखण्ड कपका लागि निमन्त्रणा आइसकेको तथा सहभागिताका लागि तयारी भईरहेको नेपाल क्रिकेट संघ(क्यान)का महासचिव अशोकनाथ प्याकुरेलले हिमालखबरलाई जानकारी दिए । भर्खरै डिभिजन टुमा उक्किलिएको नेपाल अनुभवी र अझै बलिया खेलाडीसँग खेल्दा विश्वकप छनौटका लागि पनि फाइदा हुने प्याकुरेल बताउँछन् ।

प्रतियोगितामा बर्मुडाबाट डिभिजन थ्री च्याम्पियन बनेर फर्केका टीमका सबै सदस्य भने सहभागि हुने छैनन् । अन्डर–१९ का खेलाडी समेत मिलाएर खेल्न पठाइने महासचिव प्याकुरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...