रमझमसोमबार, बैशाख ३०, २०७०
नृत्यबाट सन्तुष्टि
अमेरिकाको लसएन्जलसमा बस्ते विन्दु तामाङ नृत्य विधामा आफू नेपालमा भन्दा अमेरिकामा बढी व्यस्त हुन थालेको बताउँछिन् । उनी यहाँ नेपालीसँगै अमेरिकी, जापानी, युरोपियन, मेक्सिकन, भारतीय र पाकिस्तानीहरूलाई नेपाली नृत्य सिकाइरहेकी छन् ।
अमेरिकाका विभिन्न राज्यमा नेपालीहरूले आयोजना गर्ने सांस्कृतिक जमघटहरूमा पनि खोजिन थालिएकी छन्, विन्दु । नेपालमा १० वर्षदेखि नृत्यकर्ममा रहेकी उनीसँग थुप्रै चलचित्र, म्युजिक भिडियो र स्टेज कार्यक्रमहरूको अनुभव छ ।
नेपालमा रहँदै विभिन्न सांस्कृतिक टोलीका साथ जर्मनी, फ्रान्स, अष्ट्रिया, भारत र जापान भ्रमण गरेकी विन्दु भन्छिन्, “अमेरिकामा पनि नेपाली कलाकारकै रूपमा सक्रिय हुन पाउँदा सन्तुष्ट छु ।”
ङिमा पाख्रिन, अमेरिका, तस्वीरः हिमग्याप टासी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>