अर्थ/बजारआइतबार, जेठ २१, २०६९

सुनको मूल्यमा नयाँ रेकर्ड

रमेश कुमार

अघिल्लो दिनका तुलनामा एक तोला सुन किन्दा उपभोक्ताले रु. १ हजार ६ सय बढी तिर्नु पर्ने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एकै दिन ७० डलरले बढेपछि नेपालमा मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष मणिरत्न शाक्यले बताए । एक महिनाअघि सुनको भाउ  प्रतितोला ५६ हजार रुपैयाँसम्म पुगेको थियो ।

१९ जेठमा सुनको मूल्य प्रतितोला ५५ हजार २ सय रुपैयाँ थियो । चाँदीको मूल्य पनि दुई दिनअघिको तुलनामा प्रतितोला २० रुपैयाँ बढेर १ हजार ५५ रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>