Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
क्रिकेटको उन्नतीका लागि वाहवाहीले मात्रै पुग्दैन - Himalkhabar.com

खेलकुदबुधबार, जेठ १, २०७०

क्रिकेटको उन्नतीका लागि वाहवाहीले मात्रै पुग्दैन

सन्त गाहा मगर

१६ वैशाखमा बर्मुडाको सोमररेष्ट रंगशालामा अमेरिकासँग ९४ रन र १७ वैशाखमा युगान्डासँग ६ विकेटले पराजित राष्ट्रिय टीमले आफ्ना समर्थकलाई धेरै बेर निराश हुन दिएन।

१८ वैशाखमा हमिल्टन रंगशालामा आयोजक बर्मुडालाई ८ विकेटले हराएर शुरू भएको नेपालको विजय यात्रा फाइनलसम्मै जारी रह्यो।

१९ वैशाखमा ओमनलाई २८ रन र २१ वैशाखमा इटलीलाई ८ विकेटले पराजित गरेर विश्वकप छनोटमा स्थान पक्का गरेको नेपाली टीम फाइनलमा युगान्डालाई ५ विकेटले हराएर डिभिजन थ्री विजेता बन्यो।

राष्ट्रिय टीमका कप्तान पारस खड्का बर्मुडाको प्रदर्शनले नेपाली टीम ‘कमब्याक’ गर्न सक्दैन भन्ने धारणालाई गलत बनाएको र टीम सशक्त बन्दै गएको बताउँछन्।

डिभिजन–३ च्याम्पियन बनेर नेपाल फर्केको नेपाली क्रिकेट टीमका खेलाडी २५ वैशाख सिंहदरबारमा। तस्वीर: बिक्रम राई

तर अष्ट्रेलिया र न्यूजिल्याण्डको सह–आयोजनामा सन् २०१५ मा हुने ११औं विश्वकपको छनोट चरण पार गर्न अहिले टीमले पाइरहेको वाहवाही पर्याप्त हुने छैन।

कप्तान खड्का डिभिजन थ्रीको तुलनामा विश्वकप छनोट चरणका प्रतिस्पर्धीहरू बलिया र अनुभवी भएकाले उनीहरूलाई जित्न हौसलाले नपुग्ने बताउँछन्। (हे. अन्तर्वार्ता)

नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोकनाथ प्याकुरेल पनि बलियो प्रतिस्पर्धीलाई पछार्न पर्याप्त तयारी र सुविधा आवश्यक रहेको स्वीकार्छन्। प्याकुरेल भन्छन्, “क्यानको साधन स्रोत विश्वकप छनोट पार गर्न पर्याप्त छैन। अब सरकारले नै ध्यान दिनुपर्छ।”

हुन पनि क्रिकेट खेलाडीले अहिले पाइरहेको सुविधा निकै थोरै छ। राष्ट्रिय टीमका खेलाडीले मासिक रु.५ हजार मात्रै पारिश्रमिक पाइरहेका छन्। जसलाई ‘टोकनमनी’ मात्र मान्छन्, क्रिकेट खेलाडी।

क्यानका महासचिव प्याकुरेल विभिन्न स्रोतबाट आएको रकम प्रतियोगिता सञ्चालनमै सकिने हुँदा खेलाडीको पारिश्रमिक वृद्धि गर्ने योजना अघि बढाउन नसकेको बताउँछन्।

आठ महीनापछि वर्ल्ड कप छनोटमा नेपालको भेट युगान्डा, हङकङ, पपुवान्यूगिनी, क्यानाडा र नामिबियासँग हुनेछ र यी चार टीमले वन डे कप खेलिरहेका आयरल्याण्ड, नेदरल्याण्ड, स्कटल्याण्ड, अफगानिस्तान, केन्या र संयुक्त अरब इमिरेट्समध्ये पुछारका चार टीमसँग पनि भिड्नुपर्नेछ। ती १० टीममा विजेता वा उपविजेता हुन सक्दा वर्ल्डकप पुगिनेछ।

क्यानका महासचिव प्याकुरेल भारत र श्रीलंका जस्ता बलिया टीमसँग मैत्रीपूर्ण खेल खेलाउने, आउँदो ८ महीना नियमित प्रशिक्षण सञ्चालन गरिने र फास्ट बलर भएको टीमसँग खेलाडीहरूलाई अभ्यास खेल खेलाउने योजना रहेको बताउँछन्।

राष्ट्रिय टोली स्वदेश फर्केर विजय उत्सव मनाइरहँदा मलेसियामा जारी एसीसी अण्डर–१९ एलिट कप क्रिकेटमा पनि नेपाली युवा टोलीले अविजित रहँदै सेमिफाइनल यात्रा तय गर्‍यो। २५ वैशाखमा आयोजक मलेसियालाई सात विकेटले पराजित गर्नुअघि नै नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको थियो।

२३ वैशाखमा बहराइनलाई १९६ रनको अन्तरले पराजित गरेपछि समूह चरणको एक खेल खेल्न बाँकी छँदै युवा टोलीले सेमिफाइनलमा स्थान पक्का गरेको थियो।

बहराइन विरुद्धको खेलमा मिडियम पेसबलर अविनाश कर्णले यु–१९ अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याटि्रक गर्ने पहिलो खेलाडीको कीर्तिमानी समेत बनाए।

नेपालले १८ वैशाखमा कुवेतलाई ८४ रन र २० वैशाखमा कतारलाई ९ विकेटले पराजित गरेको थियो। समूह बीबाट नेपाल र मलेसिया तथा समूह एबाट अफगानिस्तान र युएई अन्तिम चारमा पुगेका छन्।

‘जित्न सक्षम छौं’

पारस खड्का कप्तान, टीम नेपाल

शुरुमै दुई खेल हार्दा कस्तो लागेको थियो?

डिभिजन थ्री खेल्ने सबै टीम उस्तै थिए। हामीले राम्रो खेल्न नसक्दा शुरुका दुई खेल गुमे। जसरी पनि जित्नै पर्ने अवस्था रहेको बुझेर खेलेकोले त्यसपछिका सबै खेलमा सफलता मिलेको हो। हामी देशका लागि प्रतिबद्ध भएर खेल्नुपर्छ भन्ने भावनाले खेलेका थियौं।

सन् २०१५ को विश्वकपको ढोका खुलेको हो?

खेल्न सक्षम छौं। तर तयारीमा निर्भर गर्दछ।

कस्तो तयारी आवश्यक छ?

हाम्रा साथीहरू देशका लागि मरेर खेल्छन् भन्नेमा शंका छैन। तर प्रतियोगिता जित्दा पाइने एक–दुई दिनको वाहवाहीले अरु प्रतियोगिता जित्न सकिंदैन। नियमित प्रशिक्षण, बलिया देशहरूसँग बढी भन्दा बढी मैत्रीपूर्ण खेल, खेलाडीको सुविधामा वृद्धि, व्यवस्थापनमा देखिने सानातिना कमी–कमजोरीमा सुधार र क्रिकेट संघ आक्रामक रुपमा लाग्नुपर्छ।

विश्वकप छनोटका प्रतिस्पर्धी टीमलाई कसरी हेर्नुभएको छ?

डिभिजन थ्रीमा भन्दा विश्वकप छनोट खेल्ने टीम बढी अनुभवी र बलिया छन्। उनीहरूलाई हराउन सक्ने तहमा नेपाली टीम पुगिसकेको छ। तर तयारी र कडा मिहिनेत चाहिन्छ।

मलेसियामा सम्पन्न एसिसि अण्डर नाइन्टिन एलिट कपको एक झलकः सेमिफाइनलमा युएइसँग पराजित भएपछि यो पटकको नेपालको अण्डर नाइन्टिन यात्रा सकिएको थियो ।

हिमालको २९ बैशाख-५ जेठ अंकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>