Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
युरो कप २०१२ : सबैको नजर स्पेनमा - Himalkhabar.com

खेलकुदआइतबार, जेठ २१, २०६९

युरो कप २०१२ : सबैको नजर स्पेनमा

Sandesh Panta

स्पेनसँग प्रतिभाशाली खेलाडीहरुको कमी त पहिले पनि थिएन तर ठुला प्रतियोगितमा सधै आफ्नो कौशल अनुसारको खेल देखाउन नसक्ने र मानसिक रुपमा कमजोर देखिने स्पेनलाई धेरैले अभाग्यशाली भन्ने गर्थे। तर सबै परिवर्तन त्यती बेला भयो जब लुइस आरगोनेसको ब्यबस्थापनमा युवा टोलीले २००८ को युरो कप जित्यो । डेविड विया, टोरेस्, इनिएस्टा, जावि, कारलेस पुयोल जस्ता खेलाडी २००८ को सफलताबाट प्रेरित भइ २०१० म विश्व कप फूटबल जितेर इतिहास रच्न सफल भयो ।

अन्य यूरोपियन खेलाडीहरुको दाजोमा सानो कदका खेलाडीको समुह हो स्पेनिश टोली । तर यिनिहरुको फीजिकल बेफाइदालाई परिपुर्ती गर्‍यो टेकनिकल कौशलले । उत्कृष्ट खेलाडीहरुको जमघट, छोटो पास्, बल आफ्नै खेलाडीहरुबिच नियन्त्रणमा राख्ने कारणले स्पेनको खेललाई ‘फूटबल आउट अफ दिस वर्ल्ड ‘ भन्नेहरु पनि कम छैनन ।

अहिलेको २३ सदस्यिय टोलीमा पुयोल र डेविड वियाजस्ता हस्तीहरु चोटका कारण खेल्न पाउने त छैनन जस्को अभाव स्पेनले पक्कै महसुस गर्नेछ । तर फर्वार्डमा लोरेनटे र टोरेस् जस्ता खेलाडीलाई पनि कम आक्न सकिदैन । इटलीसँग दान्स्कमा पहिलो खेलबाट यस प्रतियोगिता सुरु गर्ने स्पेनले फेरी पनि मिड्फिल्डमा इनिएस्टा, जाविको भर पर्ने छ । साथै उनीहरुकै बार्सीलोना समकक्षी सर्जिओ बूस्केट्स र फाब्रीगास्, म्यान्चेस्टर सिटीका प्लेमेकर डाविड सिल्वा तथा रियाल मड्रीडका सेर्जिओ रामोस र कप्तान इकर कसियासको खेल पनि महत्वपूर्ण हुनेछ ।

तीन खेल मात्र खेलेका वलेन्सियाका जोर्डी अल्बा यस टिमका सबै भन्दा कम अनुभवी खेलाडी हुन । अलोन्सो र बूस्केट्सको रक्षात्मक मिड्फिल्डको फाइदा उठाउदै लेफ्ट र राइट विङबाट स्पेनले आक्रमण बुन्ने प्रयास गर्नेछ ।

लगातर दुइ पटक यूरोपियन च्यम्पियन्सिप इतिहासमै कुनै देशले पनि नजितेको अवस्थामा वीसेन्टे डेल बस्केको रोहबरमा रहने स्पेनले यस प्रतियोगिता जितेमा लगातार तीन वटा ठुला ट्रफी जित्ने रेकोर्ड पनि कायम गर्नेछ । “टिकि-टाका” फूटबल स्टाईलले फूटबलको परिभाषा नै बदल्न सफल यस स्पेनिश टिमले कस्तो खेल्ने हो त्यो भने हेर्न बाकी नै छ । तर खेलाडीहरुको थकानले भने स्पेनलाई केहि कठीनाइ नदेला भन्न सकिन्न । बार्सिलोना, जहाँ स्पेनका अधिकाश खेलाडीहरु खेल्ने गर्छन्, ले आफ्नो सिजनको अन्तिम म्याच २५ मेमा एथ्लेटिक बिल्बाओसँग खेलेको थियो ।

समुह चरणमा स्पेनलाई क्रोएसिया र इटलीले केहि अप्ठयारो पार्ने देखिए पनि समुह बिजेता नै भएर दोस्रो चरणमा प्रबेश गर्नेमा बिश्लेषकहरू ढुक्क छन । प्रथम भएर क्वार्टर फाइनलमा पुगेमा स्पेनले इङ्ल्यान्ड र फ्रान्स सम्मिलित समुह डि को उपबिजेताको सामना गर्नेछ ।

सम्भावित सुरुवाती एघार् (४-२-३-१): कासियास, रामोस्, पिके, हाबी मार्टिनेज्, जोर्डी अल्बा, बूस्केट्स्, शाबी अलोन्सो, जाबी हेर्नन्डेज्, सिल्वा, इनिएस्टा, टोरेस/लोरेन्टे

छनौट चरणमा प्रदर्शन : ८ खेल्, ८ जित २६ गोल (डेविड विया : ७ गोल )
मैत्रीपूर्ण खेलमा स्पेनले सर्बियालाई २-० , कोरियालाई ४-१ को अन्तरले पराजित गरेको थियो भने आज राती आफ्नो अन्तिम तयारी खेल चीनसँग खेल्दै छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>