रमझमबिहीबार, जेठ २, २०७०

सञ्जय दत्तले आत्मसमर्पण गरे

हिमालखबर

सञ्जय दत्त पत्नी मान्यता र फिल्म निर्देशक महेश भट्टका साथ अदालत जानुअघि । तस्बीर: एएफपी

२ जेठमा सञ्जय दत्त आफ्नी पत्नी मान्यता, बहिनी प्रिया र फिल्म निर्माता महेश भट्ट समेत नजिकका साथीहरुसँग मुम्बईस्थित ‘टाडा कोर्ट’ मा पुगेर उनले आत्मसमर्पण गरेका छन् ।

सञ्जय दत्त अदालत जाँदै गर्दा ठूलो भीड र सञ्चारकर्मीले उनलाई घेरेपछि गाडीबाट ओर्लेर उनले आफूलाई अदालत जान जरुरी भएकाले बाटो छोड्न भन्दै अपील गरेका थिए ।

टाडा कोर्टमा समर्पणपछि उनलाई पुणेस्थित यरवदा जेल पठाइने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अवैध हतियार राखेको आरोप लागेका सञ्जयले साढे तीन वर्ष जेलमा विताउनु पर्नेछ ।

प्रशंसक र सञ्चारकर्मीहरुलाई बाटो छोडन आग्रह गर्दै सञ्जय दत्त । तस्बीर: एएफपी

गएराति सलमान खान, अजय देवगन, अभिषेक वच्चन जस्ता थुप्रै फिल्म हस्तीहरुले उनलाई भेटेका थिए भने विहान राजकुमार हिरानी, किरण कुमार र महाराष्ट्रका पूर्व गृहमन्त्री कृपाशंकर सिंह पनि उनको घर पुगेका थिए ।

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>