रमझमशनिबार, जेठ ४, २०७०

कान्समा करिब ९ करोडको गहना चोरी

हिमालखबर

तस्बीर साभार: द टेलिग्राफ

फ्रान्स प्रहरीका अनुसार कान्स फिल्म सिटीस्थित एक होटेलबाट ७ लाख ७० हजार युरो मुल्यका गहना चोरी भएको छ । यी गहनाहरु फेस्टिभलमा सहभागी हुने सेलेब्रेटीहरुलाई लगाउन पैंचो दिनका लागि राखिएको थियो ।

गहना नोवोटेल होटलमा विश्व विख्यात जवाहरात कम्पनी चोपार्डका कर्मचारीको ‘सेफ’ बाट चोरी भएको हो । चोपार्ड कान्स फिल्म फेस्टिभलको आधिकारिक प्रायोजक हो । विभिन्न देशबाट आएका फिल्म अभिनेत्री, गायिका, मोडेल र अभिनेताहरुले चोपार्डका गहना लगाएर रेड कार्पेटमा उत्रने गर्छन् ।

तस्बीर: गेट्टी इमेजेज

संयोग
चोरी ठिक त्यही दिन भयो जुन दिन समारोहमा फिल्म ‘ब्लिंग रिंग’ प्रदर्शन गरिएको थियो ।

सोफिया कोपोलो द्वारा निर्देशित यो फिल्ममा एउटा हाइस्कुलको विद्यार्थीले महत्वपूर्ण व्यक्तिहरुको घरबाट लुगा, जुत्ता र अन्य सामानहरु चोरी गर्छ । र चोरीका बेला ती ब्यक्तिहरु एउटा ठूलो समारोहमा सहभागी भएका हुन्छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>