समाचारआइतबार, जेठ २१, २०६९
एमाले केन्द्रीय समिति बैठक २७ जेठमा
बैठकबाट पार्टी अध्यक्ष झलनाथ खनालद्वारा प्रस्तुत प्रतिवेदन संशोधन सहित पारित भएको छ । खनालले बैठकमा ‘संविधानसभा विघटनपछि उत्पन्न राजनीतिक संकटबारे नेकपा एमालेको दृष्टिकोण’ विषयक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकमा अमृत बोहरा, राधा ज्ञवाली, योगेश भट्टराई, ठाकुर गैरे, श्रीप्रसाद साह, गोकुल र्घर्ति, नेत्र पन्थी लगायत १६ जनाले आ-आफुना धारणा राखेका थिए । वक्ताहरुले आदिवासी जनजाति तथा मधेशी नेताहरुलाई चित्त नबुझेको कुरा पार्टी बैठकमा आएर छलफल गर्नुपर्नेमा जोड दिए ।
उपाध्यक्ष अशोक राई, पृथ्बी सुब्बा गुरुङ, रामचन्द्र झा, रकम चेम्जोङ, दलबहादुर राना लगायतका नेताहरुले बैठक बहिस्कार गरेका थिए
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
