Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अकबरेको अचारबाट उन्नति - Himalkhabar.com

अर्थ/बजारआइतबार, जेठ ५, २०७०

अकबरेको अचारबाट उन्नति

हिमालखबर

ओखलढुंगाको रुम्जाटार–६ का विराज भण्डारी (२५) ले रु.१ लाख ५० हजार लगानीमा कात्तिक २०६९ देखि थालेको अर्गानिक अकबरे खुर्सानी र मासुको सुकुटीको अचार बनाउने व्यवसायको प्रगति लोभलाग्दो छ ।

खोटाङ लामीडाँडाका राजकुमार खतिवडा र भोजपुरकी शारदा लम्सालसँगको साझेदारीमा भण्डारीले खोलेको ‘हिमालयन ग्रीनहिल प्रोडक्ट्स उद्योग’ का अचारहरूको माग अहिले अमेरिकाबाट पनि आउन थालेको छ ।

बिक्रीका लागि तयार पारिएको रुम्जाटारमा उत्पादित अर्गानिक अकबरे खुर्सानीको अचार ।

नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ ओखलढुंगाका सचिव भण्डारी भन्छन्, “अचार बेचेरै ८ महीनामा रु.१० लाख कमाइसकेका छौं ।” राम्रो कमाइ हुने देखेपछि भण्डारीको टीमले अकबरे खुर्सानी र बेसार खेती पनि थालेको छ ।

यसअघि नै चार रोपनीमा अकबरे लगाएका उनीहरूले अब १५ रोपनीमा अकबरे र १२ रोपनीमा जिरे खुर्सानी लगाउँदैछन् । उनीहरूले यो वर्ष लगाएको बेसार १० टन उत्पादन भएको थियो, जुन स्थानीय बजारमै बिक्री भयो ।

सबै उत्पादन बिक्रीबाट उनीहरूले रु.१६ लाख आम्दानी गरेका छन् । विदेशमा रहेका आफन्त र उनीहरूको माध्यमबाट त्यहाँ रहेका नेपालीहरूले अकबरे र मासुको सुकुटीको अचार मगाउन थालेपछि यो व्यवसाय अरू फैलिनेमा उनीहरूको आशा बढेको छ ।

अहिले नै उनीहरूले उत्पादन गरिरहेको अचार जापान, कतार, दुबई र बेलायत गइरहेको छ । छिमेकी जिल्ला सोलुखुम्बु र खोटाङमा पनि अचार पठाइरहेका उनीहरूले काठमाडौंको भाटभटेनी सुपर मार्केटसँग भर्खरै अचार पठाउने सम्झैता गरेका छन् ।

खाद्य गुणस्तर मापन कार्यालय विराटनगरले भण्डारीको टीमले उत्पादन गरिरहेको अकबरे खुर्सानीको अचारलाई गुणस्तरीयलाई दिइने ‘अनुज्ञापत्र’ दिएको छ ।

१५०, ३०० र ५०० ग्राम तौलको प्याकेटका अकबरे र सुकुटीको अचारको मूल्य रु.१२५, रु.२५० र रु.४५० पर्दछ । यो उद्योगले स्थानीय सात जनालाई रोजगारी दिएको छ ।

शिवप्रसाद ढुंगाना, ओखलढुंगा

हिमालको ५-१२ जेठ अंकबाट ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>