रमझमसोमबार, जेठ ६, २०७०
नायक अर्जुन कार्की सगरमाथाको शिखरमा
६ जेठ बिहान ७:३० बजे नायक अर्जुन कार्की र धावक सञ्जय पाण्डेले सगरमाथा शिखरमा पाइला टेकेको आरोहण दलका सम्र्पक अधिकृत ओङछु शेर्पाले जानकारी दिएका छन् ।
दुवै जना सफल आरोहणपछि क्याम्प ४ मा फर्किसकेको बताइएको छ । सहयोगीको अनुमति लिएर आरोहीको रुपमा सगरमाथा चढ्न लागेका भनेर विवादमा परेका थिए ।
सेभेन समिटद्वारा संयोजन गरिएको उक्त समूहमा विदेशी नागरिक १४ जना, नेपाली शेर्पा २५ जना र एक जना खेलाडी गरी ४१ जनाको समूहले सगरमाथाको सफल आरोहण गरेका हुन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
