खेलकुदसोमबार, जेठ ६, २०७०

एन्फालाई पाँच लाख जरिवाना

हिमालखबर

एएफसी च्यालेन्ज कप छनोट चरण फुटबल प्रतियोगितामा दर्शकले अभद्र व्यवहार गरेको भन्दै एसियाली फुटबल महासंघको अनुशासन समितिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई ६ हजार अमेरिकी डलर (रु पाँच लाख २५ हजार) जरिवाना गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा गत २१ फागुनमा नेपाल र बङ्गलादेशबीचको खेलमा नेपालका समर्थकले रेफ्री र एएफसीका प्रतिनिधिलाई अभद्र व्यवहार गरेको भन्दै अनुशासन समितिले एन्फालाई जरिवाना गरेको हो ।

प्रतियोगितामा नेपाल बङ्गलादेशविरुद्व २–० गोलअन्तरले पराजित भएपछि नेपालका समर्थकले एएफसीका प्रतिनिधिलाई लाइटर, मोबाइललगायतका वस्तुले प्रहार गरेका थिए । गत ३१ वैशाखमा मलेसियाको क्वालालम्पुरमा बसेको बैठकको सो निर्णय गरेको एएफसीले आज जनाएको छ ।

निर्णय भएको ३० दिनभित्र एन्फाले रकम बुझाइसक्नुपर्ने छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...