समाचारसोमबार, जेठ २२, २०६९

कांग्रेसका पूर्व सभासद्हरू शीतलनिवासमा

हिमालखबर

संविधान निर्माणका काम ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको सर्न्दर्भमा अर्को चुनावमा जानुभन्दा एक दुइ दिनका लागि संविधानसभा ब्युँताउनु उपयुक्त हुने स्मरण गराएको कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले राष्ट्रपतिसँगको भेटपछि जानकारी दिए । संविधानसभा ब्युँताउन माग गर्दै २१ जेठमा हस्ताक्षर संकलन गरेका कांग्रेसका ६२ मध्ये ९ पूर्व सभासद् शीतलनिवास पुगेका थिए ।

नेता गुरुङले हिमालखबरलाई दिएको जानकारी अनुसार राष्ट्रपति यादवले दलहरूबीच राष्ट्रिय सहमति भएको अवस्थामा आफू बाधक नबन्ने प्रतिक्रिया दिएका थिए । भेटमा राष्ट्रपति यादवले कानून अनुसार बाधा/अड्काउ फुकाउन तयार रहेको पनि बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>