खेलकुदमंगलबार, जेठ ७, २०७०

क्रिकेट खेलाडीलाई अविरजात्रासहित सम्मान

हिमालखबर

७ जेठमा कञ्चनपुरको महेन्द्रनगर पुगेका सुदुरपश्चिम निवासी राष्ट्रिय टोलीका खेलाडीहरु बिनोद भण्डारी र चन्द्र साउदलाई अबिर जात्रासहित नगर परिक्रमा गराउनुकास साथै जनही पाँच हजार रुपैयाँ समेत प्रदान गरिएको छ ।

कञ्चनपुर जिल्ला खेलकुद विकास समिति र कञ्चनपुर जिल्ला क्रिकेट संघले कार्यक्रमको आयोजना गरेको हो ।

सुदुरपश्चिमकै प्रदीप ऐरी र नरेश बुढाऐर काठमाडौंमै रहेकोले उनीहरुलाई पछि सम्मान गरिने कञ्चनपुर क्रिकेट संघका अध्यक्ष दिपक चालिसेले बताए ।

अबिर जात्रा सहित बजार परिक्रमा गर्दा ठूलो संख्यामा स्थानीय बासिन्दा समेत सहभागी भएका थिए ।

बच्चु विक, महेन्द्रनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...