अर्थ/बजारमंगलबार, जेठ ७, २०७०

किसानले खोले ठूलो लगानीको चिया कारखाना

हिमालखबर

रु सात करोड १० लाखको लगानीमा झापाको पृथ्वी नगरमा निर्माणको अन्तिम चरणमा पुगेको चिया प्रशोधन कारखाना यही असारदेखि सञ्चालनमा ल्याइने साना किसान सहकारी संस्था पृथ्वीनगरले जनाएको छ ।

तीन सय साना चिया किसानको लगानीमा स्थापना भएको कारखानामा नेपाल सरकारले आर्थिक वर्ष २०६८/०६९ मा रु दुई करोड ६० लाख अनुदान उपलब्ध गराएको थियो ।

झापामा निजी लगानीका एक दर्जन बढी चिया प्रशोधन कारखाना सञ्चालनमा रहेपनि किसानले नै सहकारीमार्फत स्थापना गरेको यो नेपालकै पहिलो चिया कारखाना हो ।

कारखानाको व्यवस्थापन र नियन्त्रण पृथ्वीनगरकै साना किसान सहकारी संस्थाले गर्ने भएको छ । कारखाना स्थापनाका लागि साना चिया किसानले रु ५० हजारदेखि दुई लाखसम्म लगानी गरेको सञ्चालक देवीप्रसाद कोइराला बताए ।

हरियो पत्तीको मूल्यमा निजी कारखानाबाट ठगिएको र बर्सेनि उचित मूल्यका लागि झगडा गर्नुपरेको झन्झटबाट मुक्ति पाउन किसानहरूले आफँैले कारखाना स्थापना गरेका हुन् ।

कारखाना सञ्चालनमा आएपछि झापाको दक्षिण क्षेत्रका दुई हजार चिया किसान लाभान्वित हुने भएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>