अर्थ/बजारबुधबार, जेठ ८, २०७०

पर्सामा ब्यवसायिक फर्महरु बढे

हिमालखबर

पर्साको वीरगञ्जस्थित घडिअर्वा पोखरी

वीरगञ्जस्थित वाणिज्य कार्यालय पर्साले आर्थिक वर्ष २०६९/७० को साउनदेखि गत चैतसम्मको अवधिमा १ हजार ७५ प्राइभेट र १५ ओटा साझेदारी फर्म दर्ता गरिएको जानकारी दिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कूल १ हजार ७३ फर्म दर्ता भएकोमा यस वर्ष सो संख्या बढेको सो कार्यालयले बताएको छ । दुई करोड रुपैयाँसम्म पूँजी लगाएर गरिने व्यवसाय वाणिज्य कार्यालयमा दर्ता हुन्छन् । फर्म दर्ता तथा नवीकरणबाट वाणिज्य कार्यालयले ३८ लाख ८१ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

चालु आवको चैत महिनासम्म पर्सामा २ सय ८७ व्यवसायिक संस्थाहरुको दर्ता नवीकरण गरिएको वाणिज्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सोही अवधिमा १ सय १६ फर्मको दर्ता खारेजसमेत गरिएको छ ।

दर्ता नगरेर नै कारोबार सञ्चालन गरेको पाइएपछि ती ब्यवसायिक फर्महरुमा अनुगमन तीव्र पारिएको वाणिज्य कार्यालयले जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>