रमझमशुक्रबार, जेठ १०, २०७०

गुरुङ गाउँहरुमा घाटुको रौनक(फोटोफिचर)

हिमालखबर

-युवराज श्रेष्ठ

लमजुङको सिउरुङमा नाचिएको घाटु नाच ।

गुरुङ समुदायको उद्गमस्थल लमजुङका गाउँहरुमा यतिबेला घाटुको रौनक छाएको छ ।

घाटु विषेशगरी रजस्वला नभएका दुई कन्यालाई मध्यकालीन राजा परशुराम र रानी आम्पावतीको प्रतीकको रुपमा लिई श्रीपञ्चमीका दिन शुरु गरी वैशाख पूर्णिमाका दिनसम्म नचाउने गरिन्छ ।

घलेगाउँमा नाचिएको घाटु नाच

वैशाख पूर्णिमामा ३ देखि ५ दिन नाँचेपछि घाटु सेलाउने गरिन्छ । मानिसको जीवनशैली, जन्म, कर्म, श्रृंगार, बिहाबारी, शिकार खेल्ने, माछा मार्ने, खेतीपाती गर्ने, युद्धबारे व्याख्या र अभिनय गरी नाच्ने गरिन्छ ।

लमजुङको ताघृङमा नाचिएको घाटु नाच ।

वैशाख पूर्णिमामा घाटु उत्सवकै रुपमा विषेशगरी गुरुङहरुको माइती मान्ने तथा ससुराली मान्ने परम्परा छ ।

घाटु विषेशगरी दुई प्रकारका हुन्छन्– सतिघाटु, र बाह्रमासे घाटु । सतिघाटु वैशाख पुर्णिमाको समयमा मात्र नाचिन्छ भने बाह्रमासे घाटु अन्य समयमा पनि नाच्ने गरिन्छ ।

लमजुङको ताघृङमा नाचिएको घाटु नाच ।

पछिल्लो समय भने यस्ता संस्कृतिको माध्यमबाट पर्यटकीय गाउँहरुले पर्यटक तान्न थालेका छन् ।

पर्यटक तान्नकै लागि लमजुङका ठूला गुरुङवस्तीहरु पसगाउँ, सिउरुङ, भुजुङ, घनपोखरा लगायतको स्थानमा वैशाख पुर्णिमाको अवसर पारेर घाटु महोत्सवको आयोजना गरेका छन् ।

लमजुङको ताघृङमा नाचिएको घाटु नाच ।

घाटु नाच लमजुङ लगायत पश्चिमाञ्चलका तनहुँ, कास्की, गोरखा, स्याङ्जा लगायतका जिल्लामा पनि नाचिन्छ ।

वैशाख पुर्णिमामा गुरुङ, मगर, दुरा लगायतका जातिले घाटु नाच मौलिक परम्पराको रुपमा नाच्ने गर्दछन् ।

लमजुङको ताघृङमा नाचिएको घाटु नाच ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>