Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान - Himalkhabar.com

खेलकुदशुक्रबार, जेठ १०, २०७०

राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान

हिमालखबर

भर्खरै डिभिजन– २ मा उक्लिएको नेपालले भारतको देहरादुनमा हुने उत्तराखण्ड गोल्डकप क्रिकेट प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउँदैछ । भारतका राष्ट्रिय टोलीका खेलाडीहरु सहभागी विभिन्न क्लबको सहभागिता रहने प्रतियोगिताबाट नेपाली खेलाडीहरुले राम्रो अनुभव बटुल्न सक्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले अपेक्षा राखेको छ ।

जम्मा १६ टिम सहभागी हुने प्रतियोगितामा बंगलादेश पनि पहिलो पटक सहभागी हुँदैछ ।

नेपाली टोलीको कप्तानी खेलाडी पृथु बास्कोटाले गर्नेछन् भने टोलीको उप–कप्तान भुवन कार्की रहेका छन् ।

प्रशिक्षकको जिम्मेवारी पूर्व राष्ट्रिय कप्तान विनोद दासले सम्हालेका छन् । टोलीका अन्य खेलाडीमा शक्ति गौचन, अनिलकुमार मण्डल, विनोद भण्डारी, प्रदीप ऐरी, सागर पुन, रामनरेश गिरी, नरेश बुढाऐर छन् ।

यस्तै अविनाश कर्णचन्द्र साउद, यज्ञमान कुमाल, महेन्द्र चन्द र राजेश पुलामी मगर पनि भारत प्रस्थान गरेका छन् ।

राष्ट्रिय टोलीको फास्ट बलिङको प्रशिक्षक रहेका दासले प्रशिक्षकको जिम्मेवारी सम्हाल्न लागेको यो पहिलोपटक हो ।

सत्र सदस्यीय टोली स्थलमार्ग हुँदै १० जेठ विहान भारत प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>