Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एमाले महाधिवेशनको म्यान्डेट उल्लंघन भयो - Himalkhabar.com

टिप्पणीसोमबार, जेठ २२, २०६९

एमाले महाधिवेशनको म्यान्डेट उल्लंघन भयो

Bijaya Subba

नेकपा एमालेले जातीय, भाषिक, क्षेत्रीय, सांस्कृतिकलगायत सबै खालका विभेद अन्त्य गर्ने विषय पाँचौं महाधिवेशनबाट  दस्तावेजमै उल्लेख गरेको छ ।  सातौं महाधिवेशनको १२औं केन्द्रीय बैठकको म्यान्डेट अनुसार राज्य पुनस्रंरचनाको सम्बन्धमा १५ प्रदेशको खाका तयार पारेर संविधानसभामा बुझाएको थियो । तर पार्टीका नेताहरुले महाधिवेशनबाट पारित दस्तावेजलाई लत्याएर  संविधानसभामा ६ र ८ प्रदेशको अडान लिनुभयो ।

एमालेका नेताहरुले समानताको सिद्धान्त नमान्ने पार्टीहरु भन्दा पनि अनुदार हर्कत गर्नुभयो । संविधानसभाको अन्तिम समयमा त हाम्रा कुरै सुनिएन । एमाओवादी र नेपाली कांग्रेसका नेताहरुको पनि हाम्रै पार्टीको जस्तो हालत छ । व्यापक दबाबपछि एमाओवादीका पुष्पकमल दाहाल र बाबुराम भट्टराई भने हाम्रो मुद्दामा अन्तिम समयमा आएर गम्भिर हुन बाध्य भएका छन् ।

कतिपय साथीहरु कम्युनिष्ट भएर किन जातीय कुरा गरेको पनि भन्छन् । कम्युनिष्ट साहित्यमा सबैखाले विभेदको अन्त्यको वकालत गरिएकोले जातीय समानताको कुरा स्वभाविक हुन आउँछ । फेरि हाम्रा नेताहरुले गरेको बहुपहिचान वा साझा पहिचानको कुरा पनि जातीय नै हो । हामीले उठाएका मुद्दा गलत थियो भने हाम्रा साथीहरुलाई पार्टीमा ठूलो पदको लोभ किन दिइँदैछ ? अहिले आयोग बनाएर हाम्रा मुद्दा सम्बोधन गर्ने कुरा पनि गरिंदैछ । तर संविधानसभा नै विघटन गरिसकेको अवस्थामा ५० प्रदेश दिए पनि हामी मान्नेवाला छैनौं । महाधिवेशनको म्यान्डेटविरुद्ध जाने नेताहरुले केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्छन् भन्ने विश्वास गर्न पनि सकिंदैन ।

एमालेबाट ४० वर्ष भन्दा धेरै समय राजनीति गरेको व्यक्ति पार्टीविहीन भएर बस्ने कुरा भएन । अब हामीले बनाउने पार्टीमा आदिवासी-जनजाति मात्रै होइन क्षेत्री-बाहुन, दलित, मधेशी, मुस्लिम सबैको समानुपातिक प्रतिनिधित्व हुन्छ । बुद्धिजीवीहरुका लागि १० प्रतिशत सिट छुट्याउने सोच छ । त्यही अनुसारको विधान बनाउने क्रममा छौं ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>