अन्तर्वार्ता/विचारआइतबार, जेठ १२, २०७०

‘राप्रपालाई प्रजातान्त्रिक पार्टीमा रूपान्तरण गर्छौं’

हिमालखबर

महाधिवेशनमा सबैभन्दा बढी मत किन पाएँ जस्तो लाग्छ ?
कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूको विश्वासका रूपमा यसलाई लिएको छु ।

विगत १० वर्षदेखि पार्टीको केन्द्रीय सदस्य छु । यो बीचमा त्यस्तो उल्लेख्य काम केही नगरे पनि महाधिवेशन प्रतिनिधिहरूले ममाथि भरोसा देखाउनुभयो । युवा भएकोले पनि यस्तो भएको हुनसक्छ ।

पुरानो पुस्ताको वर्चश्व रहेको राप्रपामा युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुन लागेको संकेत हो यो ?

त्यो पनि हो । पुराना नेताहरूले आफ्नो समयमा पार्टी स्थापना र सुदृढीकरण गर्न योगदान पुर्याउनुभो । उहाँहरू सम्मानको पात्र हुनुहुन्छ । यो महाधिवेशनबाट नयाँ पुस्ता नेतृत्वमा पुग्ने क्रम शुरू भएको छ ।

राप्रपालाई अझै पनि पूर्व पञ्चहरूको पार्टीको ट्याग लाग्दै आएको छ, त्यो बदलिनुपर्छ ?

पूर्वपञ्चबाटै राप्रपाको स्थापना भएकाले यो ट्याग लाग्नु अस्वाभाविक होइन ।

तर, अहिले गाउँदेखि केन्द्रीय समितिसम्म आएको नयाँ पुस्ताको २०४६ सालअघिको राजनीतिसँग सम्बन्ध थिएन ।

म आफैं पनि २०४६ सालपछि नै राजनीतिमा आएँ । समय अनुसार राप्रपा परिवर्तन हुँदा यस्तो ट्याग हराउँछ ।

राप्रपालाई समावेशी प्रजातान्त्रिक पार्टीका रूपमा जनतामा स्थापित गर्नुपर्छ ।

समावेशी र राष्ट्रवादी दर्शन बोकेको यो पार्टीलाई प्रजातान्त्रिक पार्टीमा पूर्ण रूपमा रूपान्तरण गर्न हाम्रो भूमिका रहनेछ ।

तपाईंहरूको पार्टी पटक पटक फुटेको छ, यो एकता चाहिं दिगो हुन्छ भन्ने आधार के छ ?

फुट्दाको नोक्सानी र पीडा सबैले ब्यहोरेका छन् । यो एकता जनताको चाहना र कार्यकर्ताको दबाबमा भएको हो ।

सैद्धान्तिक रूपमा दुवै पार्टीमा कुनै भिन्नता थिएन । त्यसैले अब त्यो गल्ती दोहोरिएला भन्ने लाग्दैन ।

राप्रपा र राप्रपा नेपालबीच एकताको सम्भावना कत्तिको छ ?

राजनीतिमा जहिले पनि सम्भावनाका ढोकाहरू खुला हुन्छन् ।

चुनावमा तालमेलको सम्भावना छ, पछि गएर राप्रपा नेपाल लगायत अन्य प्रजातान्त्रिक राष्ट्रवादी पार्टी र शक्तिहरूसँग एकता हुन सक्छ ।

हिमालको १२-१९ अंकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>