समाचारसोमबार, जेठ २२, २०६९
राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिमा जोड
नेपाल सद्भावना पार्टी (आ)का अध्यक्षसमेत रहेकी गिरीले राष्ट्रपतिलाई अन्तरिम चुनावी सरकार गठन गरी सर्वपक्षीय गोलमेच सम्मेलनद्वारा राजनीतिक सहमति र निर्णय अनुसार मुलुकलाई वैकल्पिक निकासको बाटो दिन मोर्चाले आग्रह गरेको जानकारी दिएकी छन् ।
मधेसीजनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रधानमन्त्रीमाथि सार्वभौमसत्ता सम्पन्न जनताद्वारा निर्वाचित संविधानसभाद्वारा संविधान निर्माण गरिने कार्यलाई समाप्त पारी मुलुकलाई अनिश्चिततातर्फ धकेलेको आरोप लगाए ।
संविधानको रक्षा गर्ने जिम्मेवारी राष्ट्रपतिको भएको भन्दै यादवले मधेसी, जनजाति, आदिवासी, महिला, मुस्लिम, दलितलगायत उत्पीडित, उपेक्षितलाई अधिकार दिन नचाहने पुरानो मानसिकता भएको शक्तिले संविधानसभाको विघटन गर्ने खेल खेलेको आरोप लगाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
