समाचारसोमबार, जेठ २२, २०६९
विरोधसभालाई सशक्त पार्ने १६ दलको निर्णय
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा २२ जेठमा बसेको १६ दलको संयुक्त बैठकले प्रदर्शनमा बढी भन्दा बढी जनसहभागिता गराउने निर्णय गरेको बैठकपछि एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सञ्चारकर्मीलाई जानकारी दिए । सरकारले अपेक्षा गरेको भन्दा बढी जनताले उतार्ने तयारी भईरहेको नेता नेपालले बताए ।
बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा सबै पेशाकर्मी, बुद्धिजिवि, किसान, मजदुर, महिला, आदिवासी जनजाति, मधेशी, दलित, युवा, विद्यार्थी, उद्योगी, व्यापारी लगायत सबै तह र तप्काका समुदायलाई विरोधसभामा सहभागी हुन अपिल गरिएको छ ।
षडयन्त्र पूर्वक संविधानसभा विघटन गरी कथित निर्वाचनको नाटक मञ्चन गरी एमाओवादीले सत्ता कब्जा गर्न लागेकाले यसको विरोध गर्नु परेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>