Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
युरो कप २०१२: स्पेनलाई रोक्न सक्ने जर्मनी - Himalkhabar.com

खेलकुदमंगलबार, जेठ २३, २०६९

युरो कप २०१२: स्पेनलाई रोक्न सक्ने जर्मनी

Sandesh Panta

प्रशिक्षक योखिम लोउले २००६ मा पद सम्हालेयता जर्मनीले आफ्नो परमपरागत खेल शैलीलाई केहि परिवर्तन गर्दै लाग्यो र २०१० को विश्वकपमा आक्रामक खेलले विश्वभरीका फुट्बल समर्थकको मन जित्न सफल भयो । काउन्टर अटेकिङ फुट्बल ले ७०, ८० र ९० को दशकमा धेरै प्रतियोगिता जिताए पनि हाल जर्मनीले काउन्टर अटेकिङ साथसाथै कलात्मक र कृएटिभ फुट्बलको रणनीती लिदै आएको छ । युवा, छरिता खेलडीलाई टिममा विशेष स्थान दिने लोउ को यस टोली अहिले सम्मकै उत्कृष्ट मानिन्छ ।

सन्तुलन्, प्रतिभा र मनसिक रुपमा बलियो जर्मनीका खेलाडीहरुको औसत उमेर भने मात्रै २४.९ बर्ष छ जुन सन् १९३४ यताकै सबैभन्दा कम हो । जर्मनीको बेन्च स्ट्रेङ्थ यस प्रतियोगितामा सहभागी १६ देश मध्यकै सबैभन्दा मजबुत छ भन्दा अन्यथा नहोला । मार्को रेउस्, मार्सेल स्मेल्जर्, टोनी क्रूस्, ककाउ, अन्द्रे शुर्‍ले, गोट्जे जस्ता सक्षम खेलाडीहरुले जर्मनीको लागी पर्याप्त ब्याकअप प्रदान गर्नेछन ।

बायर्न म्युनिखका ६ देखी ८ खेलाडी सम्मिलित हुन सक्ने सुरुवाती ११ निकै सन्तुलित मनिएको छ । विश्वस्तरिय गोल कीपर म्यनुअल नोयरको खेलमा प्रश्न उठाउने ठाउ छैन । एउटा समस्या के हुन सक्छ भने बाड्स्टुबर् र हमेल्स्ले कमै मात्र खेल मा सँगइ खेल्ने अवसर पएका छन तर दुबैले आफ्नो घरेलु सिजनमा राम्रो प्रदर्शन गरेका थिए । लेफ्ट ब्याकमा यदि लाह्म खेलेको खन्डमा बोअटेङ राइटमा खेल्ने छन भने राइटमा लाह्मले सुरुवात गरेमा स्मेल्सर अथवा बोअटेङ लेफ्टमा खेल्नेछन । डिफेन्सिव मिड्फिल्डमा खेदिरा र श्वाइन्श्टाइगरको जोडी निकै भरपर्दो मानिन्छ तर अघिल्लो सिजन चोटले सताइएका श्वाइन्श्टाइगरको सट्टामा टोनी क्रूस खेल्न सक्ने सम्भावना पनि उत्तिकै छ । त्यसो भएमा उनको लिडर्सिप जर्मनीलाई खट्किनेछ । क्रूस र श्वाइन्श्टाइगरलाई सङगै खेलाउने बिकल्प पनि लोउसँग छ ।

अट्याकिङ मिड्फिल्डमा भने पहिलो रोजाइमा थोमस मुलर्, मेसुट ओजिल र लुकास पोडोल्स्की नै पर्ने छन । तर ओजिलले अघिल्लो सिजनको अन्त्यतिर सन्तोषजनक प्रदर्शन गर्न नसकेका कारण उनको सट्टामा मरिओ गोत्जे खेलाउने सम्भावना पनि नभएको हैन । टोनी क्रूस अर्का बिकल्प हुन । अनुभबको कारणले ओजिलले नै सुरुवात गर्न सक्नेछन ।

फिट रहेमा स्ट्राइकरको भूमिका भेट्रान मिरोस्लाव क्लोजले नै निर्बाह गर्ने छन तर अघिल्लो सिजन ४१ गोल गरेका मरिओ गोमेजको उपस्थितीले जर्मनीलाई फीजिकल फाइदा भने दिनेछ । मार्को रेउस पनि स्ट्राइकरमा सम्भावना बोकेका अर्का खेलाडी हुन ।

छनौट चरणमा प्रदर्शन : १० खेल्, १० जित ३४ गोल (क्लोस्: ९ गोल , गोमेज्: ६ गोल , ओजिल्: ५ गोल )
सम्भावित सुरुवाती एघार् – (४-२-३-१): नोयर्, लाह्म्, म्याट्स हमेल्स्, बाड्स्टुबर्, बोअटेङ्, खेडिरा, श्वाइन्श्टाइगर्, मारिओ गोट्जे/मुलर, मेसुट ओजिल्, पोडोल्स्की, गोमेज/क्लोस

तर जर्मनी कठिन समुहमा परेकोले केहि गार्हो भने अवश्य हुनेछ । समुह बि मा उसले पोर्चुगल (९ जुन), नेदरल्यान्ड्स् (१३ जुन) डेनमार्क (१७ जुन) को सामना गर्नेछ । १३ जुन म हुने नेदरल्यान्ड्ससँगको महत्वपूर्ण खेलले जर्मनीको युरो कप यात्रा कस्तो हुने हो भन्ने थाहा लाग्ने छ । तयारी खेल मा जर्मनी स्विजर्ल्यान्ड सँग ५-३ ले पराजित भएको थियो भने इजराएल लाई २-० ले पराजित गरेको थियो ।

१९९६ देखी एउटा पनि प्रतियोगिता जित्न नसकेको जर्मनीलाई यो भन्दा राम्रो मौका सायद आउने छैन होला । जर्मनी फाइनल भन्दा अगाडी घर फर्किनु परेमा आश्चर्य हुनेछ । उसका समर्थकहरु पनि पहिले भन्दा निकै आशावादी छन । स्पेनको बर्चस्व लाई हटाएर जर्मनीले ट्रोफी उचालेमा विश्व फुटबल ले नया विजेता पाउनेछ र फुटबलकै लागी यो एउटा राम्रो कुरा पनि हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>