Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बरेवाको दिनगन्ती - Himalkhabar.com

ब्लगबुधबार, जेठ १५, २०७०

बरेवाको दिनगन्ती

मिलन बगाले

कलैया नगरपालिकाको बरेवास्थित ऐतिहासिक भवनमा अहिले कामदारहरू ‘श्री ५ भू’ लेखिएका ढुंगा जस्तै साह्रो ईट्टा फुटाउन र फलाम जस्तै गह्रौं सालका दलिन निकाल्न रात–दिन खटिरहेका छन्।

“ठीक बेला आइपुग्नुभएछ, सकेसम्म फोटो खिच्नुस्”, काममा अह्रनखटन गरिरहेका व्यक्तिले यसो भन्दा निकै नरमाइलो लाग्यो।

ऐतिहासिक बरेवा दरबारको पूर्वी मोहडा।

एक वर्षअघि बरेवा पुग्दा आफूले खिचेको दरबारको पश्चिमी मोहडा पूरै ध्वस्त भएको देखेर पत्रकार एकल सिलवाल पनि निकै पिरोलिएका थिए। राणाकालीन यो भव्य महल ध्वस्त पारिंदै गरेको दृश्यको लाचार साक्षी बनेर हामी फर्कियौं।

दरबारको कथा

१९४२ सालमा धीरशमशेरका छोराहरूले सत्ता हत्याउन रणोद्दीप सिंहको हत्या गर्दा पेस्तोल दिएर सघाएकी जंगबहादुरकी छोरी दीपकुमारी (बागकी कान्छी मैयाँ)लाई तिनै शमशेर खलकले एकाध वर्षपछि काठमाडौं बागदरबारबाट दाङ धपाएका थिए।

पछि दाङबाट पनि धपाइएर बरेवा पुगेकी उनले दरबार बनाउन लगाइन्। दीपकुमारीका पतिको नाम भूपेन्द्र शाह भएको बरेवा दरबारमा खेल्दै हुर्केका उद्धव भट्टराई (६२) ले बताए।

भूपेन्द्र राजा सुरेन्द्रविक्रम शाहका माइला भाइ उपेन्द्रका खलक भएको भट्टराईको अनुमान छ।

उनका अनुसार, दीपकुमारी र भूपेन्द्रले बनाउन थालेको दरबार उनीहरूका नाति रामराजा मोहनप्रताप शाहले पूरा गरेका थिए। भट्टराईका हजुरबुबा र पिता बरेवा दरबारका पुरोहित थिए।

५३ बिघामा फैलिएको दरबारको डिजाइन फ्रान्स र बेलायतका वास्तुकारहरूले गरेका थिए। सजावटका धेरै सामग्री चन्द्रशमशेरले उपलब्ध गराएका थिए।

बारामा सिकार खेल्दा घाइते भएका चन्द्रशमशेरलाई रामराजाले उच्चकोटिको उपचार र खातिरदारी गरेर निकै खुशी पारेका थिए। चन्द्रले सिंहदरबार सजाउन झ्िकाइएका मध्येकै सामग्रीहरू रामराजालाई उपहार दिएका थिए रे।

बरेवा दरबारको भुईंतल्लामा विशाल पुस्तकालय थियो। इष्टइण्डिया कम्पनीसँग राम्रो सम्बन्ध भएका रामराजा विद्वान र ऐतिहासिक पुस्तक–कागजपत्रका संकलक थिए।

त्यो व्यवस्थित पुस्तकालयमा कास्की र तनहुँका राजा तथा पृथ्वीनारायण शाहबीच लेखालेख भएका पत्रहरू रहेको आफूले सुनेको भट्टराई बताउँछन्।

तर, अंग्रेजहरूले रामराजालाई बिहारको पश्चिम चम्पारन (रामनगर) मा निम्त्याएर राखेपछि उनका उत्तराधिकारीले मूल्यवान सामानहरू कौडीको भाउमा बेचे।

१९९० सालको भुईंचालोमा दरबारको अग्रभाग भत्केर पुस्तकालयका ऐतिहासिक दस्तावेज, भोजपत्र, ताम्रपत्र र पेन्टिङहरू पुरिए, पुनर्निर्माण भएन।

अहिले यसका अंशियारहरूले सबै जमिन प्लटिङ गर्दा दरबारसहितको क्षेत्र १५―२० टुक्रा भएको छ। आफ्नो भागमा परेको खण्ड भत्काउन सबैलाई हतारो छ, यसलाई अस्वाभाविक भन्न नमिल्ला।

जोगाउने प्रयास

बरेवा दरबार जोगाउने पहल हुँदै नभएको होइन। ‘पञ्चायती प्रजातन्त्र’का प्रवर्तक राजा महेन्द्र एकपटक हेलिकप्टरबाट बरेवा दरबार परिसरमा उत्रिंदा स्थानीयवासीले ‘सरकारबाटै दरबारको संरक्षण होस्’ भन्ने माग गरेका थिए रे।

त्यसबेला चाख लिएर मुन्टो हल्लाएका राजाले केही नगरेपछि दरबार बचाउने अन्तिम पहलस्वरुप कलैयाको सबै प्रशासनिक एकाइ त्यहीं राख्ने प्रस्ताव गरिएको उद्धव भट्टराई बताउँछन्।

काठमाडौंको सिंहदरबार जस्तो बनाउने त्यो सोच पनि विफल भएपछि बरेवातिर हेर्नै छाडेको उनले बताए।

अहिले दरबारका कलात्मक झयालढोका कुहिएका छन्। बज्र उप्केर गारोहरू भत्किएका छन्। ऐतिहासिक सामग्रीहरू हराइसकेका छन्।

तैपनि, दरबारको भव्यता कायमै छ। भत्काउने पैसा संरक्षणमा लगाउने हो भने दरबारले पुनर्जीवन पाउने अवस्था छ।

पैसा हुनेहरूले यहाँ ऐतिहासिक संग्रहालय या ‘हेरिटेज होटल’ चलाएर उद्यमसँगै बरेवाको वैभव फर्काउन सक्छन्। असम्भवप्रायः भइसकेको दरबार संरक्षणको पहल गर्नेहरूको जय होस्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>