समाचारमंगलबार, जेठ २३, २०६९
विरोधसभामा एक हजार स्वयंसेवी खटाइने
कांग्रेस महामन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा २३ जेठमा बसेको संयुक्त बैठकले स्वयंसेवी परिचालन गर्ने निर्णय गरेको नेकपा मालेका केन्द्रीय सदस्य अइन्द्र नेम्वाङले हिमालखबरलाई जानकारी दिए । कांग्रेस मुख्यालय सानेपामा बसेको बैठकमा विरोधसभामा कांग्रेस र एमाले लगायत दलका नेताहरुलाई सम्बोधन गर्न दिने विषयमा छलफल भएको छ ।
खुलामञ्चमा आयोजना गरिने सभामा काठमाडौंको सबै नाकाबाट कार्यकर्ता तथा समर्थक उतार्ने तयारी भइरहेको नेम्वाङले बताए । उनका अनुसार विरोधसभाबारे जानकारी दिन २५ जेठमा कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>