ब्लगशुक्रबार, जेठ १७, २०७०

कोशीटप्पुमा बर्खे पाहुना (फोटो ब्लग)

Yatra Thulung

सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष यतिबेला बर्खायामका आगन्तुक चराहरूको चिरबिरले गुञ्जायमान छ। यो मौसममा दक्षिणबाट आउने चराहरूले यहाँ बच्चा कोरल्छन्।

आगन्तुक चराहरूमध्ये लालचुच्चे ठेउवा, गाजले सुनचरी, कटुसटाउके मुरलीचरा, स्वर्गचरी, जुरे कोइली, बीउ कुह्यो, सुन्तले चाँचर लगायतका चराको संख्या उल्लेख्य छ– वरपरका मधुवन, प्रकाशपुरसम्म पनि।

१७५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको कोशीटप्पु आरक्षलाई हिउँदयाममा साइबेरियासम्मका घुमन्ते चराहरूले मौसमी वासस्थल बनाउँछन्।

चरा अध्ययनका लागि हरेक वर्ष सरदर २०० विदेशी पर्यटक आउने यो आरक्षमा ४८५ प्रजातिका चरा पाइने विज्ञहरू बताउँछन्।

प्रस्तुत छ यात्रा थुलुङ्ले खिच्नुभएका केही चराका तस्वीरहरुः

बीउ कुह्यो।

जुरे कोइली ।

स्वर्गचरी (भाले) ।

स्वर्गचरी (पोथी) ।

गाजले सुनचरी ।

सुन्तले चाँचर ।

लालचुच्चे ठेउवा ।

कटुसटाउके मुरलीचरा ।

शब्द/तस्वीरःयात्रा थुलुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>